गैडाकोट
युनिक सेकेण्डरी इङ्ग्लिश स्कुल गैडाकोट १६ मा १ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिधालयका शिक्षक अभिभावक संघका अध्यक्ष बद्रि प्रसाद सापकोटाको अध्यक्षता संगै गैडाकोट नगर प्याब्सनका अध्यक्ष लक्ष्मी दवाडीको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
बिधालयमा अध्ययनरत पीजी कक्षा देखि दश सम्मका करिब ४ सय जना बिधार्थीको अभिभावकको उपस्थितिमा काठमान्डौका रास्ट्रीय प्रशिक्षक इश्वर श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। श्रेष्ठले बाबुनानिहरुको मोबाइलको लतलाई कसरि कमि गर्ने , जंक फुडलाई सेवन गर्दाको बेफाइदा , संस्कारको महत्व र आवस्यकता , पढाइमा समय व्यवस्थापन कसरि गर्ने र बिधालय र अभिभावकको भूमिका कस्तो रहनुपर्छ भन्ने जस्ता बिषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा बोल्दै बिधालयका प्रिन्सिपल रामप्रसाद शर्माले अबका दिनमा गरिने वार्षिक कार्यक्रम र प्रशिक्षणको औचित्यको बारेमा सबैलाई यहाँबाट सिकेका कुराहरुलाई ब्यवहारमा समेत प्रयोगमा ल्याई आफै बाट राम्रो कामको सुरुवात गर्न सबै अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो।
यस्तै कार्यक्रमका प्रमुख अतिथि दवाडीले युनिक बिधालय आफैमा युनिक रहेको र अन्तरास्ट्रिय बिधालयको लागि योग्य भएकोले यसको लागी सबैमा एकजुट हुन र बिधालयले पाएको शैक्षिक सफलतालाई देखेर सबैले डाह गर्ने बताउनुभयो। यस्तै अभिभावकहरुले पनि कार्यक्रम एकदम फलदायी भएकाले यस्ता कार्यक्रम नियमित रुपमा गरिराख्न बिधालयलाई आग्रह गर्नुभएको थियो।
कार्यक्रममा बिधार्थिहरुको गायन र नृत्य , शिक्षकको एकल गायन र सामुहिक नृत्यले अझै आकर्षण थपिएको उपस्थित अभिभावकहरुले बताउनुभएको थियो।
यस्तै समापनको क्रममा बोल्दै कार्यक्रमका अध्यक्ष सापकोटाले बिधालयले गरेको हरेक काम उत्कृस्ट भएकाले आफु बिधालयको परिवारको रुपमा हुन पाएकोमा खुसि व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विधालयका भूपू बिधार्थी रबिन्द्र काफ्लेलाई आफ्नै गाउँठाउँमा केहि नयाँपनको आभास गर्दै व्यवसायिक फार्म खोलेकोमा खुसि हुँदै बिधालयले सम्मान गरेको थियो।