देवचुली,
देवचुली साहित्य समाजको आयोजनामा भानु जयन्तीको अवसर पारी काब्य बाचन तथा आजीवन सदस्य सम्मान कार्यक्रम गरिएको छ। कार्यक्रममा समाजका अध्यक्ष आदर्श सुशीलको अध्यक्षता तथा देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेको प्रमुख आतित्थ्यता रहेको थियो।
२०९ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा लोकनाथ अर्याल , शोभा खनाल कोइराला , शर्मिला सापकोटा , बिष्णु भट्टराइ , दिपक सोती , करुण लम्साल , डा. धनपति कोइराला , अर्मान मिया , नारायण काफ्ले , अशोकराज अधिकारी , हरि प्रसाद ढकाल , प्रमिला पाठक , सरोज उजाड, ऋषिराम लम्साल हरिबोल , निश्चल भुसाल , अर्जुन अविरल , नारायण प्रभु , सरोज तामाङ लगायतका साहित्यकारहरुले आफ्नो रचना वाचन गरेका थिए।
सोहि कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काफ्लेले साहित्यको समग्र बिकास संगै संरक्षण र प्रवर्द्धन गर्नका निम्ति नगरले बजेट बिनियोजन गरेकोले यस्ता कार्यक्रमहरु नियमित गर्न सुझाव दिएका थिए। यता प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले समाजमा रहेका घटनाहरुलाई चित्रण गर्दै नागरिकहरुलाई सचेत गराउन अहम भूमिका खेल्ने बताएका थिए भने विश्वज्योती माध्यमिक विधालयका प्रिन्सिपल प्रदिप बास्तोलाले यस्ता साहित्यका विधाहरुलाई पाठ्यक्रममा समेत समावेश गरे अझ फलदायी हुने बताएका थिए।
यस्तै कार्यक्रमका समेत अध्यक्ष रहेका समाजका अध्यक्ष आदर्श सुशिलले देवचुलीको साहित्यकारहरु एकजुट भएर साहित्य ,भाषा र कलाको संरक्षण गर्न आवस्यक रहेकाले सबै साहित्यकारहरु मिलेर अगाडी बढ्न आवस्यक रहेको बताएका थिए।
कार्यक्रमकै अवसर पारी समाजको आजीवन सदस्यहरु तिल प्रसाद काफ्ले , खिमानन्द भुसाल , राजन गौतम , राधा पाण्डे , रबिन्द्र न्यौपाने , शोभा खनाल कोइराला , बिश्वज्योति माध्यमिक विधालय , मुनलाइट आदर्श पब्लिक एकेडेमी , न्यु नवल इङ्ग्लिश स्कुल , भिमसेन आदर्श नमुना मावि , देवचुली उधोग वाणिज्य संघ , आभानी मिडिया प्रा लि लगायतलाई प्रमाण पत्रको साथमा खादा ओढाई सम्मान गरिएको थियो।