डा. संजोग कुमार क्षेत्री
चित्रवन नेचर क्यर हस्पिटल
स्वास्थ्य
स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ । मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्न गई वा अन्य कारणले पोषक तत्वहरु र अक्सिजन आपूर्ति हुन नसक्दा स्नायु तन्तुहरु मर्न जाने समस्यालाई पनि मस्तिष्कघात भनिन्छ।
पक्षघात/प्यारालाइसिस,यो रोग मस्तिष्कघात (Stroke) को कारणले मस्तिष्क कार्य क्षमतामा अचानक आएको ह्रासको कारणले हुने गर्दछ । दुई प्रकारको मस्तिष्कघात:(Ischaemic stroke-80% and Hemorrhagic-20%)हुन् ।
उपचार तथा पुनर्स्थापना
प्राकृतिक उपचारः
प्राकृतिक तरिकाले,प्राकृतिक संपदाको उपयोग गरी गरीने जडीबुटीको लेप,वेट सिट प्याक,कन्ट्यास्ट बाथ,स्पोन्ज बाथ आदि उपचार पद्धतिहरू रोगको प्रकृति र अवस्था हेरेर दिईन्छ । यी उपचार पद्दतिहरुले छालामा रहेका स्नायु रिसेप्टरहरुलाई उत्तेजित गराएर कमजोर मांसपेशी हरुलाई मजवूत बनाउँछन्।
जडिबुटी तेल मालिसः
तेल मालिस गर्दा शरीरका तन्तुहरूलाई प्यासिभ एक्सरसाइज हुनुका साथै रक्त प्रवाह सुचारु हुन्छ र रोगी चाँडै लाभान्वित हुनपुग्छ।तर मालिस तालिम प्राप्त व्यक्तिद्वारा नै गराइनु पर्छ। पक्षघातको प्रकृति अनुसार मालिसको तरीका छुट्टाछुट्टै हुन्छ ।
खानपान व्यवस्थापनः
जडिबुटि,पोषनतत्व साथै खानपान व्यवस्थापन।बिरामीको अवस्था र प्रकार हेरेर आवश्यकता अनुसार विविन्न हेर्बल जडिबुटी दिने । खानपान नै औषधि हो,यसको उचित व्यवस्थापन तालिका मिलाएरै गर्नु पर्ने हुन्छ । बिहानको खाजा देखि सुत्ने बेलासम्म कस्तो खानपान गर्ने भनेर डाक्टरको सल्लाह अनुसार हुन्छ।
अकुपंचरः
अकुपंचर परम्परागत चाईनीज उपचार पद्धतिको एउटा आयाम हो।शरीरका विभिन्न विन्दुहरूमा पातलो सियो राखेर विद्युतिय तरंगहरू प्रवाह गराएर वा नगरीकनै तन्तुलाई उत्तेजित गराई उपचार गरिन्छ । पक्षघातको पुनर्स्थापनामा यस विधिको पनि पृथक भूमिका छ । घातको साथ साथै हुने तन्तुहरूको दुखाई कम गर्न पनि यसले सहयोग गर्छ।
भौतिक थेरापीः
यस अन्तर्गत थरीथरीका व्यायाम तथा थरीथरीका विद्युतिय तरंगहरू प्रवाह गराएर गरिने उपचार विधिहरू पर्दछन्।
मनोपरामर्शः
पक्षघात शारीरिक मात्र नभएर मानसिक समस्या पनि हो । मानसिक तथा भावनात्मक अस्वस्थतालाई न्यूनिकरण गर्न मनो परामर्शको ठूलो हात छ। मनोपरामर्शका विज्ञद्वारा मनोपरामर्श गराइनु पर्छ ।
स्पिच थेरापीः
मस्तिष्कघात भएका आधा रोगीहरुलाई बोली जाने समस्या पनि हुन्छ। बोली भएकाहरूको पनि पक्षघातका कारण बोली अस्पस्ट हुनसक्छ । यसका लागि स्पीच थेरपी गर्नु पर्छ।
हेरचाहः
पक्षघातले पीडित हरुलाई व्यक्तिगत हेरचाहको ठूलो जरूरी हुन्छ। विशेष गारी दिसापिसाबको हेरचाह, कफ र र्यालको संभार,सफा सुघ्घर राख्नु आदि अत्यन्त जरूरी छ। नर्सिंग केयर र परिवारकै सदस्यले गर्ने केयर यस अन्तर्गत पर्दछन् । बिरामीको हेरचाह जति राम्रो भयो त्यति चाँडाे निको हुन्छ।