देवचुली,
कोरोना, डेंगु लगायत सरुवा रोगहरुको रोगथाम तथा नियन्त्रण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम देवचुलीमा सम्पन्न भएको छ । आइतबार देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा टोल सुधार समिति तथा सरोकारवालाहरुका लागि १ दिने अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बिशेषगरि गर्मी समयमा मानिसहरुमा देखिने सरुवा रोगहरुलाई कसरी रोगथाम र नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । उहाँले कोरोना, डेंगु लगायत सरुवा रोगहरुबाट कसरी बच्ने, यदि लागिहाले कसरी नियनत्रण गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । उहाँले टोल सुधार समितिका व्यक्ति, जनप्रतिनिधि सचेत रहे आफ्नो वडालाई यस्ता सरुवा रोगबाट बचाउन सकिने समेत बताउनुभएको थियो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिका वडा नं १, २, ३, ४, ५ सम्मका वडाध्यक्ष, वडासदस्य, टोलसुधार समितिका व्यक्ति लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम दलदलेको साहारा पार्टी प्यालेसमा गरिएको थियो । कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले गर्नुभएको थियो ।