देवचुली,
देवचुली नगरपालिका नगर कार्यपालिकाको आयोजनामा देवचुलीका संस्थागत र सामुदायिक विद्यालय तथा विद्यार्थी सम्मान गरिएको छ । शनिबार देवचुली नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगरपालिका भित्रका विद्यार्थीहरुलाई विभिन्न विधामा उत्कृष्ट हासिल गर्न सफल भएकोमा सम्मान गरिएको हो । देवचुली नगरपालिकाले बालबालिका प्रतिभा पहिचान अन्तर्गत माध्यमिक तहतर्फ काष्ठकला प्रतियोगितामा प्रथम हुने बरचुली मा.विका मुकेश चौधरी, द्धितीय हुने देवचुली मा.विका रवो बहादुर वि.क, तृतीय हुने भीमसेन मा.विका आयुषा बुढाथोकीलाई सम्मान गरेको छ । यसैगरि आधारभूत तहतर्फ माटोकला प्रतियिोगितामा प्रथम हुने देवचुली मा.विका सञ्जिता शाह, द्धितिय हुने बरचुली मा.विका शुशिल थापा मगर, तृतीय हुने कुमारवर्तीका वेलमति गाहा मगर, जनज्योति नमूना मा .विका अमित सिंजालीलाई सम्मान गरिएको छ । प्राथमिक तहतर्फ अनुलेखन प्रतियिोगितामा प्रथम हुने बरचुली मा.विका कुलेन्द्र सारु, द्धितिय हुने भीमसेन आदर्श नमूना मा.विका तनिशा थापा, तृतीय हुने नेक्सस मन्टेश्वरीका श्रेया पौडेललाई सम्मान गरिएको छ । प्राथमिक तहतर्फ चित्रकला प्रतियोगितामा प्रथम हुने विश्वज्योति मा.विका आयुष सुवेदी, द्धितियतर्फ भीमसेन आदर्श मा.विका निशाना भुसाल, तृतीयतर्फ मनकामना आधरभूत विद्यालयका निर्जरा आलेलाई सम्मान गरिएको हो ।
यसैगरि निम्न माध्यमिक तहतर्फ वादविवाद प्रतियोगितामा प्रथम हुने जनज्योति मा.विका हिमादेवि न्यौपाने, द्धितिय हुने विश्वज्योति मा.विका विशाल सापकोटा, तृतीयतर्फ वाईजविजन स्कुलका एन्जिला अधिकारी, सकला मा.विका पूजा कंडेललाई सम्मान गरिएको छ । माधयमिक तह तर्फ निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने नेपाल मा.विका प्रिया पौडेल, द्धितीय तर्फ भीमसेन आदर्श मा.विका गुराँस लामिछाने, तृतीय तर्फ भीमसेन आदर्श मा.वि आयुषा काफ्लेलाई सम्मान गरिएको ।
आधारभूत तह उतीर्ण परिक्षा २०७८ मा देवचुलीबाट ४ जि.पि.ए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । जसमा विनिता पाण्डे, पूजा कंडेल, हिमादेवि न्यौपाने, सिद्धान्त न्यौपाने, विशेष्ता थापा कुमाल, नमुना न्यौपाने, तुलसीमाया क्षेत्री, सांग्रिला ढकाल, सुलभ ज्ञवाली, सारा सिग्देललाई सम्मान गरिएको थियो । स्तरीकृत परिक्षा २०७८ मा ४ जि.पि.ए ल्याउने तुलसी भुसाल, कृष्ण बास्तोला, निशाना भुसाललाई सम्मान गरिएको हो । यसैगरि प्राथमिक विद्यालयतर्फ मनकामना आधारभूत विद्यालय, दिव्य एकेडेमी र माध्यमिक विद्यालयतर्फ नेपाल मा.वि, विश्वज्योति मा.विलाई सम्मान गरिएको हो ।
कार्यक्रममा देवचुली नगरपालिकाका उप–प्रमुख पार्वता तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्यावसन अध्यक्ष सन्त बहादुर क्षेत्री, नगर शिक्षा समिति सदस्य एवम् ईम्बक्स नवलपुरका अध्यक्ष शिव प्रसाद देवकोटा, शिक्षक महासंघ जिल्ला अध्यक्ष चन्द्रदेव तिवारीले नगरपालिकाले गरेको सम्मान कार्यक्रमले बालबालिकामा थप प्रोत्सहान र हौसला मिल्ने बताएका थिए । देवचुली नगरपालिकाको पहिचान नै शिक्षा रहेकाले बालबालिकाको शिक्षाको क्षेत्रमा थप लगानी गरि कार्यक्रम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बाल्दै देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्लेले शिक्षा क्षेत्रले देवचुली नगरपालिकालाई प्रदेशमा चिनाउन सफल भएकाले आगामी दिनमा देवचुलीको शिक्षाको क्षेत्रमा नगरपालिका लागि पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा अध्यक्षता रहनुभएका उप–प्रमुख तिवारीले देवचुली भित्र रहेका विद्यालयहरुलाई अब मर्ज गरेर लैजानुपर्ने बताउनुभएको थियो । उहाँले विद्यार्थीको शिक्षालाई गुणस्तर बनाउने हो भने नगरभित्र भएका संस्थागत र सामुदायिक विद्यालयलाई महर्ज गर्नुपर्ने र अब नगरपालिकाले तत्कालै गर्ने बताउनुभयो । कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, नगरपालिकाका कर्मचारी, अभिभावक लगायतको उपस्थिती रहेको थियो । देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको शिक्षा शाखाका नन्दलाल ढकालले सहजीकरण गर्नुभएको थियो ।