धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित भुवन जितेन्द्र स्मृतिपार्कमामा शुक्रबार एक विशेष कार्यक्रमका बीच वृक्षारोपण गरिएको छ ।स्मृतिपार्कमा चाप, हरो, बरो, अमला, म्याङ्गोस्तिङ, चिउरी, कपुर, करविर, जातको बिरुवा सारिएको छ ।त्रिपुरासुन्दरी गाउँपालिकाले हालसालै पाएको स्थानीय तहको निर्वाचनमा मत बराबरको वृक्षारोपण कार्यलाई सुरु गरेको छ ।
गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधि, पूर्वप्रतिनिधि र जिल्ला स्तरीय र स्थानीय नेता तथा कार्यकर्ताले पालिकाको वडा नम्बर २ का स्वर्गीय भुवन पाण्डे र जितेन्द्र अधिकारीको सम्झनामा बनाइएको भुवन जितेन्द्र पार्कमा वृक्षरोपण गरेर अभियान सुरु गरका हुन्
उक्त वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेती, हरिराम बुर्लाकोटि, पुर्व उपाध्यक्ष देवि पाण्डे, प्रमुख प्रशासकिय अधिकृत इन्द्र खतिवडा, इलाका प्रहरी कार्यलय सल्यानटारको प्रमुख भानुभक्त आचार्य, लगायत सहभागि थिए ।अध्यक्ष उप्रेतीले भुवन जितेन्द्र स्मृतिपार्क विरुवा रोप्दै एक मत, एक विरुवा रोप्ने कार्यक्रमको सुरु भएको बताएका थिए ।
२०७४ मंसिर १० गते पाण्डे र अधिकारीको मोटरसाइकल दुर्घटनामा परि असामयिक निधन भएको थियो । पाण्डेको जन्म २०५० साल बैशाख १७ गते भएको थियो भने अधिकारीको २०४२ साउन ५ गते ।
दुवै जना सामाजिक व्यक्तित्व भएकाले उनीहरुको सम्झनामा बनाइएको पार्कबाट नै पालिकाले आफ्नो अभियान सुरु गरेको हो ।