देवचुली ,
देवचुली १७ मा असार १५ अर्थात् धान दिवस धुमधामले मनाइएको छ। कार्यक्रम नारायणी तरकारी तथा वाली उत्पादन कृषक समूह देवचुली १७ को आयोजना तथा देवचुली नगरपालिका कृषि शाखाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
समुहका अध्यक्ष दिपा तिमल्सेनाको अध्यक्षता संगै संबिधान सभा सदस्य कृष्ण पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा विभिनन प्रतियोगिताहरु समेत गरिएको छ।
हिलाम्मे खेतमा रोमाञ्चक हिले दौड प्रतियोगिता , रोपाइँ प्रतियिगिता संगै असार गित गाउने कार्यक्रमहरु एकैसाथ सम्पन्न गरिएको कार्यक्रम संयोजक समेत रहेका नगर कृषि शाखाका प्रमुख नरेन्द्र भण्डारीले ह्याप्पी टाइम्सलाई बताएका छन्।
भण्डारीका अनुसार कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपाने , उप प्रमुख पार्वता तिवारी , देवचुली १३ का अध्यक्ष एकदेव पौडेल र ३ का अध्यक्ष होमनाथ पौडेल , देवचुली जेसिजका अध्यक्ष जेसी दुर्गादेवी बिस्ट , रजहर जेसिजका अध्यक्ष जेसी इश्वर लोहनी , लायन्स क्लब अफ रजहर सिटिका अध्यक्ष भानुभक्त पौडेल , देवचुली १७ का वडा सदस्य संगै स्थानीय संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरले कृषि र पशुका क्षेत्रमा अहोरात्र काम गर्ने प्रतिवद्धता बय्क्त गरेका छन् भने उप प्रमुख तिवारीले कृषिमा आधुनिकीकरण आवस्यक भएकोले अब सबैले यसलाई सोच्ने बेला आएको बताएका थिए। यस्तै कार्यक्रमका प्रमुख अतिथि संबिधान सभा सदस्य पौडेलले कृषिमा पालिका र अन्य सम्न्बंधित निकायले नीति तथा कार्यक्रमहरु बनाएर अगाडी बढ्नुपर्ने बताएका थिए।