देवचुली,
अझै पनि हाम्रो समाजमा पुरुषहरुले मात्र काम गर्न सक्छन् र महिलाहरुले केही गर्न सक्दैन्न भन्ने परम्परा रहि आएको छ । तर यो परम्परालाई पछि पार्दे देवचुली ३ का सकलादेवी सामाजिक उधमी महिलाहरुले दुध डेरी बुधबार संञ्चालनमा ल्याएका छन् । दुध डेरी सञ्चालनका लागि चिलिम भ्याट, फ्याट ल्याक्टो , मापन मेसिन, कम्प्युटर खरीद गर्नको लागि देवचुली नगरपालिका, हिकोडेफ र हेफर ईन्टरनेशनल नेपालले सहयोग गरेको छ । समाजमा कृषि क्षेत्रको काम पुरुषहरुले मात्र गर्न सक्छन् भन्ने मान्यतालाई हटाउनको लागि समाजमा भएका महिलाहरु मिलेर यस किसिमको व्यवसाय सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रहनुभएकी संस्थाकी अध्यक्ष ईन्दिरा वाग्लेले बताउनुभयो । उद्घाटनको दिन ७ सय ७६ लिटर दुध संकलन गर्न सफल भएको र आगामी दिनमा करिब एक हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य राख्दै किसानहरुका लागि सहकारी मार्फत विभिन्न किसिमका सेवा सुविधा समेत प्रधान गर्न वाग्लले बताउनुभयो ।
यस्तै कार्यक्रमको प्रमुख आतिथीमा रहनुभएको देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार क्षेष्ठले उतm दुध डेरीको उद्घाटन गदैँ पछिल्लो समय देवचुली नगरपालिका भित्र कृषि व्यवसाय फस्टाउदैँ आएको र आगामी दिनमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने प्रतिबद्धता जनाउदैँ शुभकामना दिनुभएको थियो ।
यस्तै कार्यक्रमको बिशेष अतिथीका रुपमा रहनुभएकी देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवरीले महिलाहरुले सञ्चालन गर्ने जुनसुकै उधममा देवचुली नगरपालिकाले सधै सहयोग गर्न तयार रहेको भन्दै डेरीलाई सफल पार्नको लागि आग्रह गर्नुभएको थियो । त्यस्तै किसानहरुलाई प्रोत्सान पार्नको लागि प्रति लिटर ५० पैसा उत्पादनमा आधारित अनुदान दिने निति तथा कार्यक्रम नगरपालिकाले राखेको बताउनुभयो ।
पहिले हामी किसानहरु दुध बेच्न टाढा पुग्नु पर्थाे भने अब आफनै ठाँउमा आएपछि दुध बिक्री गर्न टाढा जानु नपर्ने स्थानीयले बताएका थिए । यसरी आफनो ठाँउमा दुध डेरी आउँदा खुशी देखिएका थिए ।
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष गोपालराज लम्साल, हेफर ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यलयका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्बयु, साना किसान बलीकरण परियोजना नवलपुरका कार्यक्रम संयोजक विष्णु कंडेल, विष्णु प्रसाद पाण्डे लगायत देवचुलीका वडा अध्यक्षहरु, पशुपालन किसान, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।