देवचुली,
आज नगरपालिकामा आगामी आर्थिक बर्ष २०७९/ ८० को वार्षिक बजेट सम्बन्धि छलफल गरिएको छ। नगर प्रमुख हरि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छलफलमा विभिन्न बिषयमा सरोकारवालाहरु संग छलफल गरिएको छ। नयाँ आर्थिक वर्षका लागी सरोकारवालाहरु बीच भएको छलफल कार्यक्रमका बिषयहरु :-
सामुदायिक वन महासंघ देवचुली अध्यक्ष कमल प्रसाद बाचे - यस क्षेत्रका पालिकाहरु समन्वय गरि संग कृषि र वन संग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी बनाउंदै लैजाने र वातावरणीय सरसफाइलाई प्राथमिकता दिनु पर्ने।
नेपाल नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक शिव प्रसाद देवकोटा - स्थानीय स्तरमा समायोजन गर्न मिल्ने बिधालयलाई बिशेष योजना बनाउने र पालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी न्युन तलब भएका शिक्षकहरुको तलब वृद्धि गरिनु पर्ने। बिषयगत रुपमा शिक्षकको दरबन्दी गर्नुपर्ने र अभिभावक शिक्षा कार्यक्रमलाई ल्याउनु पर्ने।
स्वास्थ्य विमा बोर्ड नवलपुरका प्रमुख जायेश्वर भुसाल - पालिका भित्र स्वास्थ्य विमा कार्यक्रमलाई व्यवस्थित गर्दै यसलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने।
सत्यनारायण भुसाल - नगरको औधोगिक क्षेत्र घोषणा , कृषि उपज उत्पादन र बजारीकरण , अपाङ्ग मैत्री नगर घोषणा , बजार अनुगमन तथा देवचुली नगरपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने।
स्थानीय निर्वाचन २०७९ मा नगर प्रमुख पदका उम्मेदवार अशोक वस्ताकोटी - नवनिर्वाचित जना प्रतिनिधिहरुलाई घोषणा पत्रको पालना गर्दै आफुले गरेका बाचाहरु पुरा गर्न र कृषि र कृषकहरुको समस्याहरु तत्काल समाधान गर्न आग्रह
नेपालि कांगेस देवचुलीका नगर सभापति डिल्लीराम कडरिया - वडागत बजेट बिनियोजन गर्दा सबै कुराको अध्ययन गरेर मात्र गर्न , खोला छेउछाउ बसोबास गर्नेहरुलाई बर्षाको समयमा उचित व्यवस्थापन गरिनु पर्ने।
स्थानीय निर्वाचन २०७९ मा नगर प्रमुख पदका उम्मेदवार आश्विन ओझा - इमर्जेन्सी रेस्पोन्स टिमको अवधारणा ल्याउनु पर्ने , स्नातकोतर तहको कक्षा संचालनको लागि पहल गर्नुपर्ने , सुबिधा सम्पन्न अस्पताल निर्माण , प्रत्यक टोलमा सिसि क्यामेरा जडान गरिनुपर्ने।
किशोरी अभियन्ता रेजिना घर्ति मगर - नगर भित्र हुने बालश्रम , बालविवाह तथा लागु औषध दुर्व्यसनीको न्यूनीकरण गर्दै हरेक क्षेत्रमा किशोरीलाई समावेश गराइनुपर्ने र नगर भित्र बाल भेला कक्षा निर्माण गरिनुपर्ने।
स्थानीय निर्वाचन २०७९ मा नगर प्रमुख पदका उम्मेदवार श्याम शर्मा भुसाल - नगरको समग्र बिकासको लागी उचित नीति तथा कार्यक्रम बनाउनुपर्ने , बिधालयको अगाडी भट्टी पसल खोल्न प्रतिबन्ध लगाउनु पर्ने।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल - घरघरमा खानेपानीको व्यवस्था हुनुपर्ने , बाटो निर्माण गर्दा हुने खानेपानीको क्षतिको जिम्मा नगरपालिकाले लिनुपर्ने , गरिब तथा बिपन्न लाई धारा वितरण गर्दा नगरपालिकाले सहयोग गर्नु पर्ने।
देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल - गरिब तथा विपन्न परिवारको विमामा जोड दिनुपर्ने र शैक्षिक क्षेत्रमा सहयोग गर्नुपर्ने।
मध्यनेपाल सहकारीका अध्यक्ष मानसिं खत्री - नगरपालिकाले वितरण गर्ने विभिन्न भत्ताहरु सहकारीको माध्यमबाट गर्न आग्रह।
दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने - आफ्नो व्यवसायहरु दर्ता गराउनु पर्ने , बजारको प्रवेशद्वारमा नियमित सरसफाई गरिनुपर्ने।
समाजसेवी राम प्रसाद मरासिनी - ट्रमा सेन्टरको घोषणा भएकोले यसलाई जति सक्दो छीटो पहल गर्नुपर्ने , नगर भित्र १५ शैयाको अस्पताल निर्माण गरिनुपर्ने र सबै तहको बिधालयमा गुणस्तरीय शिक्षा प्रदान गरिनु पर्ने।
नगर प्रमुख हरि न्यौपाने - सुकुम्बासी समस्यालाई तत्काल समाधान गरिने , औधोगिक क्षेत्रको विकासलाई व्यवस्थापन गर्न पहल गर्ने , नगर बित्रको समग्र बिकासको लागी बजेट विनियोजनको बिषयमा आवश्यक छलफल गरिरहेको।