देवचुली,
देवचुली नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति मस्यौदा कार्याशाला गोष्ठी सम्पन्न भएको छ । सोमबार दलदले साहारा पार्टी प्यालेसमा देवचुली नगरपालिकाको आयोजना, कारितास नेपालको सहकार्य र दिव्य ज्योति कृषि तथा सहकारी संस्थाको साझेदारीमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । देवचुली नगरपालिकाका नगर उप–प्रमुख पार्वता तिवारीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम ल्याउँदै गर्दा सो क्षेत्रलाई लक्षित गरेर जनप्रतिनिधि तथा कर्मचारीहरुलाई लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणका विषयमा जानकारी सहित नयाँ योजना समेत निर्माण गरिएको हो ।
नेपालको संबिधान २०७२, स्थानीय सरकार संचालन ऐन २०७४ मा भएको लैङ्गिक समानता सामाजिक समावेशीकरण, नगरपालिका भित्र लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणका कार्यन्वयनको वर्तमान अवस्थाको बिश्लेषण गर्न, नगरपालिकाको बार्षिक निति तथा कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणका सबालहरुलाई समेट्न नगरपालिकाकका सम्बन्धित राम्रा पक्षहरुलाई अझ प्रभावकारी तवरले बढवा दिन, संविधानको मौलिक हक कार्यन्वयन सम्बन्धि, जातिय भेदभाव तथा छुवाछुत, अपाङ्गता व्यक्तिको अधिकार, आवासको अधिकार ऐन, स्वास्थ्य सम्बन्धि, अनिवार्य तथा निःशुल्क शिक्षा, रोजगारी सम्बन्धि, सामाजिक सुरक्षा, बालबालिका सम्बन्धि निति तथा कार्यक्रमहरु लाई लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणका मैत्री बनाउन र दिगो विकासका लाागी कार्य योजना बनाएर काम गर्ने उदेश्यका साथ कार्यशाला तथा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण प्रशिक्षण गरिएको हो । नवलपुरका अधिवक्ता गणेश सापकोटाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले देवचुली नगरपालिकामा लैङ्गिक समानतालाई कसरी व्यवहारमा ल्याउने र यसलाई कार्यनव्यन गर्ने सन्दर्भवमा सबै जनप्रतिनिधिले पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कारितास नेपालका रिजेनल म्यानेजर शंकर पौडेलले महिला विभेद सम्बन्धि देवचुली नगरपालिका अन्तर्गत निति निर्माण कार्यविधि बनिसकेको र छलफल पश्चात कार्यपालिकको बैठक पछि कार्यनवयन गरिने लक्ष्य रहेको बताउनुभएको छ ।
यसैगरि कार्यक्रमलाई समापन गर्दै अध्यक्षता रहनुभएका देवचुली नगरपालिकाका उप–प्रमुख तिवारीले नगरपालिका भित्रका महिला माथि, अपाङ्ग, जेष्ठ नागरिक लगायत कसैलाई पनि विभेद हुन नदिने र आगामी दिनमा न्याय पूर्ण तरिकाले काम गर्ने बताउनुभएको छ ।
कार्यक्रममा देवचुली नगरपालिकाका १७ वटै वडाका वडाध्यक्ष, विभिन्न संघसंस्थाका पदाधिकारी, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले गर्नुभएको थियो ।