गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संंस्थाको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । १ हजार १ सय ४९ मतका साथ उहाँ विजयी हुनुभएको हो । न्यौपानेका निकटतम प्रतिस्पर्धी ज्ञानेन्द्रप्रसाद सापकोटाले ६ सय ४७ मत प्राप्त गर्नुभएको हो । यस्तै उपाध्यक्षमा कृष्ण सापकोटा विजयी हुनुभएको हो उहाँले १ हजार २ सय ६१ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कुलप्रसाद शर्माले ४ सय ४५ मत प्राप्त गर्नुभएको हो ।
संंस्थाको अध्यक्षमा निर्वाचित भएपछि बोल्दै कृष्णप्रसाद न्यौपाने खानेपानीका अधुरा कामहरुलाई पुरा गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले खानेपानी स्वच्छ उपलब्ध गराउन र सुलभ मुल्य उपलब्ध गराउन सबैसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै महिला सदस्यमा हिरा भुषाल रिमालले १०४९, शान्ति सुबेदी सापकोटा ९४१, लक्ष्मी लामिछाने पोखरेल ६९८, रेनु श्रेष्ठ ६ सय ९२ मत प्राप्त गरि विजयी निर्वाचित बन्नुभएको छ । यस्तै कलस्टर १ बाट मोहन प्रसाद आचार्य, कलस्टर २ बाट शक्तिप्रसाद नेपाल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
हिजो भएको मतदानमा ३१.७ प्रतिशत मतदाताले मतदान गर्नुभएको थियो । संस्थाको सचिव, कोषाध्यक्ष, सहसचिव, लेखा समिती संयोजक, लेखा समिती सदस्य सहित कलष्टर नम्बर एकको कलष्टर सदस्य, कलष्टर नम्बर २ को कलष्टर सदस्य, कलष्टर नम्बर ३, ४, ५, ६, ७ र ८ का सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएका छन् ।