देवचुली ,
देवचुली ३ मा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्था र कन्चन बचत तथा ऋण सहकारी संस्था बीच शनिबार एकीकरण भएको छ। संजीवनी सहकारीले आफ्नो २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको अवसर पारि कन्चन सहकारी संग एकीकरण गरेको हो। संजीवनी सहकारीका अध्यक्ष डिलाराम पौडेलको अध्यक्षता संगै संघिय सांसद प्रा.डा शसांक कोइरालाको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटा , बिशेष अतिथिको रुपमा बचत तथा ऋण सहकारी संस्था नवलपुरका अध्यक्ष होमनाथ जैसी , वरिष्ठ साहित्यकार भुपेन्द्र भट्टराई ' गण्डर्षी ' संगै विभिन्न वडाका अध्यक्ष , राजनैतिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो।
संस्थाका उपाध्यक्ष थानेश्वर सापकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रममा कोषाध्यक्ष दुपनारायण पौडेलले संस्थाको हाल सम्मको प्रगाति प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै बिशेष अतिथि वरिष्ठ साहित्यकार भट्टराई , बचत तथा ऋण सहकारी संस्था नवलपुरका अध्यक्ष जैसी , देवचुली १ वडा अध्यक्ष कृष्ण बहादुर केसी , संस्थाका पुर्व अध्यक्ष टिकाराम सापकोटा लगायतले एकीकरण पश्चात झन ठुलो र धेरै जिम्मेवारी बहन गरेकोले अझ प्रभावकारी बनेर अगाडी बढ्न आग्रह गरेका थिए।
यस्तै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद कोइराला र बिशिस्ट अतिथि जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष सापकोटाले अब नयाँ भिजन सहित काम गरि यस क्षेत्र कै नमुना सहकारी बन्न अनुरोध गरेका थिए भने सोहि अवसरमा साहित्यकार होमनाथ अधिकारीको पुस्तक समेत बिमोचन गरिएको थियो।
कार्यक्रममा बिमोचन भएको पुस्तकको केहि अंश वरिष्ठ साहित्यकार भुपेन्द्र भट्टराई ' गण्डर्षी ले बाचन गरेका थिए।
शनिबार भएको एकीकरण पश्चात सहकारीलाई संजीवनी कन्चन बचत तथा ऋण सहकारी संस्था नामाकरण गरिएको छ। यसै अवसरमा संस्थापक शेयर सदस्य , पुर्व संचालक , पुर्व व्यवस्थापक , जेस्ठ नागरिक , अधिकतम बचतकर्ता , असर ऋणी लगायतका शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको छ।