देवचुली,
देवचुली उद्योग वाणिज्य संघको अध्यक्षमा सुर्य प्रसाद दवाडी सर्वसम्मत चयन भएका छन् । दवाडी यस अघि देवचुली उद्योग वाणिज्य संघका महा–सचिव थिए । बुधबार भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दवाडी सहित अन्य पदमा पनि सर्वसम्मत चयन गरिएको हो । दवाडीको नेतृत्वमा २८ जना संचालक समिति एवम् तीन सदस्यीय लेखा समिति, एसोसियसन सर्वसम्मत चयन गरिएको छ ।
देवचुली उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा तेज प्रसाद न्यौपाने, कोषाध्यक्षमा बुद्धि प्रसाद कोइराला, महा–सचिवमा विनोद सिलवाल, सचिवमा तिला देवि अर्याल, वाणिज्य उपाध्यक्षमा नारायण प्रसाद पौडेल, उद्योग उपाध्यक्षमा बासुबाबु कोइराला, सदस्यमा बलराम खनाल, चिरञ्जीवि पाण्डे, विरेन्द्रराज काफ्ले, केशव श्रेष्ठ, बाबुराम घिमिरे, लोक प्रसाद भुर्तेल, प्रेम नारायण बसेल, सुरेश पाण्डे, जयराम श्रेष्ठ, ताराचन भट्टराई, बिरेन्द्र बहादुर वि.क, चोक नारायण भुसाल, अनुपलाल श्रेष्ठ, महिलातर्फ हरिमाया आचार्य र सि.जी प्योकेजीङ्ग सर्वसम्मत चयन भएका हुन् । यसैगरि लेखा समितिको संयोजकमा बसन्त पोख्रेल, सदस्यमा ईश्वरी भट्टराई, भोजराज ज्ञवाली चयन भएका हुन् । देवचुली उद्योग वाणिज्य संघको एसोसियसन सदस्यमा पित्ताम्बर अर्याल, भोजेन्द्र बहादुर रायमाझी, हरि प्रसाद पाठक सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक चन्द्रकान्त बस्यालले जानकारी गराउनुभएको थियो ।