स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर विशाल राई, सुजल श्रेष्ठ र गोलकिपर विशाल श्रेष्ठले मनाङ मर्स्याङ्दी क्लबबाट चौंथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता खेल्ने भएका छन् ।
राष्ट्रिय टोलीबाट बाहिर रहेका फरवार्ड विमल, मिडफिल्डर विशाल, सुजल र गोलकिपर विशाललाई मनाङले मकवानपुर गोल्डकपका लागि अनुबन्ध गरेको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसँग असन्तुष्टि जनाउदै उनीहरुसहित १० खेलाडीले राष्ट्रिय टिम छाडेका थिए ।
हेटौंडाको क्याम्पा रंगशालामा जारी प्रतियोगितामा मनाङ सिधै क्वाटरफाइनलमा पुगेको छ ।
मनाङले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मनाङको टिम -
विशाल श्रेष्ठ (गोलकिपर), पुजन होना (गोलकिपर), अन्जन विष्ट, कमल श्रेष्ठ, फ्लोरेन्ट, दिनेश राजवंशी, प्रवेश कुवर, आदित्य चौधरी, एकराज बुढाथोकी, आमिर केसी, रुपेश केसी, नितिन थापा, विशाल राई, सुजल श्रेष्ठ, शिशिर लेखि, रन्जन विष्ट, विमल घर्ति मगर, दिपक राई
खेलपाटीबाट