कावासोति,
नगर भित्रका सवै बालबालिका को अभिभावक को रूपमा नगरपालिका रहेकोले नगरको प्राथमिकता मा बालबालिका रहेको कावासोतिका नगर प्रमुख बिष्णु प्रसाद भुसाल ले बताउनु भयको छ । आगामी बर्ष 079/080 को लागि योजना र नीति तथा कार्यक्रममा बालबालिकाका समावेश गर्नु पर्ने बिषयमा छलफल गर्न आयोजित नगर बाल भेलामा सो कुरा उहाँले बताउनु भयो ।
नगर जिल्लाको सदरमुकाममा रहेको र सवै हिसाबले संभावना रहेको नगर भयकोले बालबालिकाको लागि अनुकुल बाताबरण निर्माण सगै सवैको प्यारो नगर निर्माणमा आफ्नो ध्यान रहेको उहाँले बताउनु भयो ।।
कावासोति नगर पालिका महिला बालबालिका तथाजेष्ठ नागरिक शाखाको आयोजना रहेको सो कार्यक्रममा नगरका ४० जना बालबालिकाहरु को सहभागिता रहेको थियो । बाल भेलाले नगर भित्रका बालबालिका का सवाल हरुको पहिचान सगै सो सवाल को समाधानका लागि गर्नु पर्ने विविध बिषयमा छलफल गरेको थियो ।।
नगर भित्रका मुख्य सवाल हरुमा बाल बिवाह, बाल श्रम, बिधालय बिचैमा छोडने, बाल उधान नरहेको, खेल मैदानमा किशोरीलाई अवसर कम दिनु, हिंसा र अन्य दुर्ब्यवहार बाट सुरक्षा, नेतृत्व बिकास, पुर्बाधार बाल मैत्री र किशोरी मैत्री नहुनु, सेनेटरि प्याडको गुणस्तर र बिसर्जन मा समस्या लगायत अन्य बिबिध सवालहरु प्रस्तुत गरेका थिय ।।
सवालको पहिचान सगै समाधानका उपायहरु समेत समुह कार्य गरि आगामी योजनामा समावेशको लागि बालबालिका हरुले तयार गरेको कार्यक्रमका सहजकर्ता बालमैत्री अभियन्ता दिपक शर्माले बताउनु भयो । सो कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ्ग, शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, राजन पाण्डे लगायतका अतिथि हरुले शुभकामना सहित आयका बिषयहरुको कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयको थियो ।।