देवचुली,
देवचुली नगरपालिका वडा नं १७ को भाटभटेनी , पचाह हुँदै बाह्रकोल बेलसोरा सम्म जाने ६ किमि कालोपत्रे सडकको शिलान्यास गरिएको छ । शुक्रबार गण्डकी प्रदेश पोखरा आन्तरिक मामिला मन्त्रालयका माननीय मन्त्री डोबाटे विश्कर्माको प्रमुख आतिथ्यतामा उक्त सडकको शिलान्यास गरिएको हो ।
उक्त कालोपत्रे सडक समाधान लिडरसिपको टिम मार्फत रु ४७ करोड ७७ लाख लागतमा सुसम्पन्न गरिएको हो।
कार्यक्रममा पुर्व सांसद महेन्द्र ध्वज जिसि , देवचुली १६ का वडा अध्यक्ष केशव राज गौतम , १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे , रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देवचुली १६ - १७ का अध्यक्ष गङ्गा बहादुर थापा , चौतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोकनाथ अर्याल , बाह्रकोल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्य बहादुर थापा , स्थानीय आमा समुहका अध्यक्षहरु , समाधान लिडरसिपका लिडर रुपा सोमै , बिपिन खेतान , दिनेश त्रिपाठी , सुजित झा , बिकास अधिकारि , माधव प्रसाद खतिवडा संगै जनप्रतीनिधीहरुको सहभागिता रहेको थियो।
कम प्रसाद पुलामिको स्वागत मन्तब्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस सडक निर्माण संगै बाह्रकोल र त्यहाँका आसपासका स्थानियहरुले उत्पादन गरेका कृषिजन्य सामग्रीहरुले उचित बजार पाउने बताएका थिए। यस्तै स्थानियहरुले सडक निर्माण संगै आवतजावतमा सहज हुने भएकाले खुसि ब्यक्त गरेका थिए।