देवचुली,
देवचुली नगरपालिकामा अब प्रत्येक दिन फरक फरक वडामा फोहोर व्यवस्थापन हुने भएको छ । मंगलबार देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलद्वारा हस्ताक्षरित सूचनामा फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी रुट निर्धारण गरिएको छ ।
देवचुली नगरपालिका र श्री ग्लोबल डिलर एण्ड सप्लार्यस कम्पनी बिच देवचुली नगरभित्रको फोहोर व्यवस्थापन संकलनका लागि सम्झौता भएको छ । महिनाको पहिलो र तेस्रो हप्ताका लागि आइतबार देवचुली वडा नं १ र १५, सोमबार वडा नं २ र १४, मंगलबार वडा नं ३ र ६, बुधबार वडा नं ४, ५ र ७, बिहिबार दलदले, प्रगतिनगर, रजहर र सि.जी, शनिबार वडा नं १ र १० मा फोहोर संकलन गरिनेछ ।
यसैगरि महिनाको दोस्रो र चौथो हप्ताको लागि आइतबार वडा नं १७ र ९, सोमबार वडा नं १७ र १०, मंगलबार वडा नं १६ र ११, बुधबार वडा नं १६ र १२, बिहिबार दलदले, प्रगतिनगर, रजहर र सि.जी, शनिबार वडा नं १७ र ८ मा नगरपालिकाले सम्झौता गरेको कम्पनीले फोहोर संकलन गर्ने भएकाले सम्पूर्ण नगरवासीलाई सहयोगको लागी अपिल गरिएको छ।