कावासोती नगरपालिकाको नगरप्रमुख पदमा र नगर उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुख पदमा नेकपा एमालेका विष्णु प्रसाद भुसाल र उपप्रमुख पदमा नेकपा एमालेकी फुलकुमारी महत्तो निर्वाचित हुनुभएको छ ।
भुसालले १८ हजार ६ सय ८ मत प्राप्त गर्नुभयो भने कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार महेन्द्र पोख्रेलले १८ हजार ३ सय ४ प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुख पदमा नेकपा एमालेकी फुलकुमारी महत्तो विजयी हुनुभएको छ । थनेतले १९ हजार २४ मत प्राप्त गर्नुभयोभने माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५ सय ६१ मत प्राप्त गर्नुभएको छ ।
कावासोतीका १७ वडामध्ये १३ वटा एमालेले जितेको छ । नेपाली कांग्रेस ४ वटा वडामा विजयी भएको छ भने माओवादी केन्द्रले एउटा वडा जितेको छ ।
वडाध्यक्ष विवरण
कावासोती १ मा नेकपा एमालेका तावारक अहमद् मिया
कावासोती २ मा नेपाली कांग्रेस शिब प्रसाद पाण्डे
कावासोती ३ मा नेकपा एमाले का डोलमान गिरी
कावासोती ४ मा नेकपा एमाले का नारायण प्रसाद लोहनी
कावासोती ५ मा नेकपा एमाले निरज कुमार पुन
कावासोती ६ मा नेकपा एमाले याम बहादुर थापा
कावासोती ७ मा नेकपा एमाले गोबिन्द प्रसाद महतो
कावासोती ८ मा नेकपा एमाले भिम बहादुर रिमाल
कावासोती ९ मा नेपाली काङग्रेस रिभर कुमार श्रेष्ठ
कावासोती १० मा नेकपा एमाले टेकनारायण महत्तो
कावासोती ११ मा नेपाली कांग्रेस शारदा प्रसाद अधिकारी
कावासोती १२ मानेकपा एमाले धु्रब खनाल
कावासोती १३ मा नेकपा एमाले लाल बहादुर गुरुङ
कावासोती १४ मा नेकपा एमाले तुलसी राम थारु
कावासोती १५ मा नेपाली काग्रेंस तेज कुमार श्रेष्ठ
कावासोती १६ माओवादी केन्द्र का आनन्द श्रेष्ठ
कावासोती १७ मा नेकपा एमाले चुरा मणी थनेत वडाध्यक्षमा विजयी हुनुभएको छ ।