देवचुली, असार ३०,
मौरी एक सामाजिक चेतनशील प्ररिश्रमिक, स्वावलम्बिक र अनुशासित किरा भएकाले मौरीबाट मानिसले विभिन्न किसिमका शिक्षा एवम प्ररेणा लिन सकिन्छ । मौरी पालन कुनै पनि जात, वर्ग र पेसाका मानिसले सजिलै गर्न सकिने शुद्ध व्यवसाय हो । मौरी पालन अन्य व्यवसाय भन्दा कम लगानीका साथ सीमीत ठाँउमा गर्न सकिने भएकाले यो कम जग्गा, जमिन भएकाहरुको लागि धेरै नै उपयुक्त व्यवसाय रहेको छ। पछिल्लो समय युवापुस्ताहरुको योजना भनेको नै विदेशीने रहेको छ तर परिश्रमी हात भए विदेश जानै पर्दैन, स्वदेशमानै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदारणीय पात्र बनेका छन देवचुली ९ का राजेन्द्र रावल । वि.सं २०५६ साल देखि बुबाले सुरु गर्नुभएको मौरी पालनलाई आफैले देशमा बसेर केही गर्छु भन्ने सोचले यो व्यवसायमा लागिपरेका छन् । बर्षेनी कैयौँ युवाहरु स्वदेश पलायन हुने गरेका छन् तर कसैले सोच्दैन्न कि प्राकृतिक रुपमा भरिपूर्ण हाम्रो देश नेपालमा पनि थुप्रै कुराहरु छन भनेर । यसै मध्य एक हो मौरी पालन व्यवसाय । जिल्ला कृषि विकास द्धारा एक गोला बरााबर एक हजार रुपैँया दिएको गोला बाट सुरु गर्नुभएको उहाँले अहिले १ सय ५० गोला बनाउन सफल भएकोे बताउनुहुन्छ ।
एउटा घारमा २ हजार देखि ३ हजार सम्म मौरी राख्न मिल्ने र एउटा घारबाट ४५ किलो सम्म मह निकाल्न सकिने भएकाले पनि एउटा घारबाट ४० देखि ४५ किलो सम्म मह निकाल्न सकिने बताउँछन् । मौरी पालनलाई जग्गा नचाइएता पनि सिजन नभएको बेलामा मौरी चरााउन लैजान उपयुक्त वातावरण नहुदाँ भने समस्या हुने देखिन्छ । मौरीलाई चराउन लैजाँदा चिनी पानी, चना, भटमासको पिडो दिदाँ पौष्टिक तत्व मिल्ने रावल बताउँछन । मौरीबाट धेरै फाइदा हुनुका साथै यसले मह दिने, पराग सेचन, मैन, परपोलिस दिने गरेको रावल बताउनुहुन्छ ।
अहिले रावलले मौरी सँगै त्यसका लागि आवश्यक पर्ने अन्य सामाग्रीहरु आफैँ उत्पादन गर्छन् । रोजगारका लागि दुई जना कामदारहरुलाई पनि रोजगार दिएका छन् । मोरीपालन व्यवसायले आफु सन्तुष्टि भएको र घरपरिवार पनि राम्रो सँग चलाउन सकेको बताँउछन् । महले स्वास्थ्यमा राम्रो फाइदा गर्छ भन्ने चेतना आम मानिसमा बढे पछि पहिलेको तुलनामा अहिले बजारमा महको माग राम्रो भएकाले मह बिक्री गर्न त्यती समस्या नरहेको रावल बताँउछन् ।
गरे के हुदैन र भन्ने कुराको लागि एउटा उदारणीय पात्र बनेका रावल जस्तै सोच गरेर नेपालमै लगनशील भएर काम गर्ने हो भने बर्षेनी युवाहरु विदेश पलायन हुने डर पक्कै पनि घट्ने थियो । यसका लागी स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकारले पनि बेलैमा सोची युवाहरुलाई देश मै उधमी बनाउनु तर्फ लाग्नुपर्ने देखिन्छ ।