देवचुली,
यहि शुक्रबार बैशाख ३० गते स्थानिय निर्वाचनको लागी देवचुली नगरपालिकामा ४६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। मतदानका लागी प्रत्येक वडा भित्र रहेका बिधालय , सहकारी , पुस्तकालय लगायतका भवनको परिसरलाई मतदान केन्द्र बनाइएको छ।
निर्वाचन अधिकृतको कार्यालय देवचुलीको तथ्याङ्कका अनुसार देवचुली नगरपालिकामा ३६ हजार ८ सय ६९ जना मतदाता रहेका छन्। हाल सबै भन्दा धेरै देवचुली १७ मा ४ हजार ८ सय ६१ जना र सबै कम ९ सय ६० जना मतदाता देवचुली ८ मा रहेको छ।
यस्तै देवचुली १ मा २ हजार १ सय ४७ जना , देवचुली २ मा १ हजार २ सय ८६ जना , देवचुली ३ मा १ हजार १ सय ३० जना , देवचुली ४ मा १ हजार ९ सय ६४ जना , देवचुली ५ मा १ हजार ७ सय ७४ जना , देवचुली ६ मा १ हजार २ सय १४ जना , देवचुली ७ मा १ हजार ६ सय ८१ जना , देवचुली ९ मा २ हजार ३ सय ८० जना , देवचुली १० मा २ हजार २ सय ८१ जना , देवचुली ११ मा २ हजार ४ सय ५१ जना , देवचुली १२ मा २ हजार ४ सय ७५ जना , देवचुली १३ मा १ हजार ८ सय २ जना , देवचुली १४ मा १ हजार ९ सय २४ जना , देवचुली १५ मा २ हजार ४ सय ६६ जना र देवचुली १६ मा ४ हजार ८३ जना मतदाता रहेका छन्।
देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार नगरपालिकाको १५ वटा वडामा एक एक वटाको दरले र वडा न १४ र वडा न १६ मा दुई वटाको दरले मतदान स्थल रहेको छ। यो संगै निर्वाचन अधिकृतको कार्यालय देवचुलीले सम्पूर्ण नगरवासीहरुलाई आ आफ्नो केन्द्रमा गई बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म मतदान गर्न आग्रह गरेको छ।