देवचुली
यहि बैशाख ३० गते स्थानीय निर्वाचनका लागी देवचुली नगरपालिकामा विभिन्न दलका उम्मेद्वारहरुले उम्मेद्वारी दिएका छन्। सबै दलका उम्मेद्वारहरु आफ्नो शिर्ष नेता तथा कार्यकर्ताहरु लिएर घरदैलोमा हिडिरहेका छन्।
तर यतिबेला देवचुली नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार श्याम शर्मा भुसाल आफ्ना समर्थकहरु सहित प्रचारप्रसारमा ब्यस्त रहेका छन्। आसन्न निर्वाचनका लागी "भ्रष्टाचार मुक्त सुशासन युक्त सम्वृद्ध नगरपालिका " भन्ने मुल नारा सहित भुसालले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
उनले देवचुली नगरपालिकामा शिक्षा, सहरी विकास योजना, स्वास्थ्य, कृषि, पर्यावरण तथा भू–उपयोग, सरुक्षा र सुशासन, पर्यटन, उद्योग, व्यवसाय र रोजगार, फोहोर व्यवस्थापन तथा सरसफाई, सार्वजनिक सेवा प्रवाह, यूवा, खेलकुद, कला संस्कृति मनोरञ्जन जस्ता विधि विषयमा विज्ञहरुको समूह निर्माण गरि सम्भाव्यताको खोज, अध्ययन अनुसन्धान गरि विशेष योजना निर्माण गरि कार्यान्वयन गर्ने जस्ता एजेण्डाहरु पस्तुत गरिरहेका छन्।
यसै क्रममा आज भुसालले देवचुलीको विभिन्न ५ ठाउँमा कोण सभालाई सम्बोधन गरेका छन्। उनले आज एस मोड , मुन्डे , गैडि , दलदले र प्रगतिनगरमा कोण सभालाई सम्बोधन गरे संगै पृथ्वीनगर , बिशालटार , सिताबास ,लक्ष्मीपुर , रजहर , सालघारी लगायतका ठाउँमा घरदैलो गर्दै मत अपिल गरेको ह्याप्पी टाइम्सलाई बताएका छन् ।