देवचुली,
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्रबाट देवचुली नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका श्याम शर्मा भुसालले देवचुलीलाई भ्रष्टचारमुक्त सुशासनयुक्त समृद्ध नगरपालिका निर्माण गर्ने बताउनुभएको छ ।
स्थानीय निर्वाचन लक्षित ह्याप्पी एफ.एमको बटम लाईन कार्यक्रममा बोल्दै भुसालले देवचुलीलाई भ्रष्टचार रहित आधुनिक र सम्पन्न नगरपालिकाको निर्माण गर्ने संकल्पका साथ अगाडि बढ्नुभएको छ ।
देवचुली नगरपालिकामा शिक्षा, सहरी विकास योजना, स्वास्थ्य, कृषि, पर्यावरण तथा भू–उपयोग, सरुक्षा र सुशासन, पर्यटन, उद्योग, व्यवसाय र रोजगार, फोहोर व्यवस्थापन तथा सरसफाई, सार्वजनिक सेवा प्रवाह, यूवा, खेलकुद, कला संस्कृति मनोरञ्जन जस्ता विधि विषयमा विज्ञहरुको समूह निर्माण गरि सम्भाव्यताको खोज, अध्ययन अनुसन्धान गरि विशेष योजना निर्माण गरि कार्यान्वयन गर्ने बताउनुभयो ।
उहाँले देवचुली नगरपालिकाका लागि २० बर्षे गुरुयोजना तयार पारि भविष्यको सम्बृद्ध र आधुनिक शहरको तयारी गरिने बताउनुभयो ।
त्यसैले सम्पूर्ण नगरबासीलाई एकपटक स्वतन्त्र उम्मेदवारलाई जिताएर हेर्न अनुरोध गर्नुभएको छ ।