देवचुली,
आसन्न बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागी यति बेला सबै उम्मेदवार तथा पार्टीका शिर्ष नेताहरु भोट माग्नमा ब्यस्त रहेका छन्। देवचुली नगरपालिकामा यति बेला ११ वटा पार्टी चुनावी मैदानमा उत्रेका छन्। यसै क्रममा आज आफ्नो पार्टीको उम्मेद्वारलाई हौसला प्रदान गर्न र भोट अपिल गर्न विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र देवचुली आएका छन्।
उनि नगर प्रमुख पदका उम्मेद्वार प्रेम भट्टराई , देवचुली १३ का वडा अध्यक्षका उम्मेद्वार राज कुमार क्षेत्री र खुल्ला वडा सदस्य तर्फका प्रकाश अधिकारिलाई जिताउन आग्रह गर्दै आफ्नो पार्टीको चुनावी एजेन्डा सहित देवचुली आएको पार्टीका जिल्ला संयोजक देवराज पौडेलेले ह्याप्पी टाइम्सलाई बताएका छन्।
आज देवचुलीको दलदलेमा घरदैलो तथा अन्तरक्रिया गर्दै उम्मेदवारहरुले आफ्नो जित सुनिस्चित भएपछी नगरको मुहार फेर्ने बताएका छन्। पुराना बिचार धारालाई चिर्दै नयाँ बिचार र भिजन सहित आफ्नो पार्टीले यस्पालीको स्थानीय निर्वाचनमा उम्मेद्वारी दिएको पार्टीका अध्यक्ष मिश्रले बताएका छन्।
कार्यक्रममा अध्यक्ष मिश्र संगै पार्टीका प्रवक्ता सपना पाठक , कार्यसम्पादन समिति सदस्य नारायण कोइराला , केन्द्रिय सदस्य पवित्रा थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम कावासोतीमा समेत सम्पन्न भएको थियो।
कावासोती नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार केशवप्रसाद अधिकारिको लागी भोट अपिल संगै जनताको घरदैलोमा सहभागी हुन नेता मिश्र संगै सक्रिय कार्यकर्ताहरुको सहभागिता रहेको थियो। 'भ्रष्टचार मुक्त समाज निर्माण हाम्रो अभियान, समतामुलक समुन्नतिका लागी तराजुमा मतदान' भन्ने नारा सहित बिबेकशील साझा पार्टीले जिल्लाको २ नगरमा मात्र आफ्नो मनोनयन दर्ता गरेको हो ।