देवचुली ,
वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मि गाउँ गाउसम्म पुगि सकेकाे छ । यसै विच नेकपा एमालेका उमेदवारहरुलाई भारि मतका साथ विजयि गराउन देवचुलिमा राष्टिय युवासंघले आफ्नो क्रियासिलता बढाएको छ ।
यसै विच आज , वैशाख १८ गतेका दिन राष्ट्रिय युवा संघ नेपाल वडा नं १ वडा कमिटि देवचुलिले बृहत् युवा भेला तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न गरेकाे छ ।
साे कार्यक्रममा राट्रिय युवा संघ नेपाल नवलपुर ईन्चार्ज तथा केन्द्रीय सदस्य मदन गिरिले युवा साथिहरुलाई चुनावका वेलामा युवाहरुले खेल्नुपर्ने भुमिका , आचरण तथा मतदाता प्रशिक्षणमा समेत युवा विद्यार्थी साथिहरु लाग्नुपर्ने वताएका थिए ।
नेपाली कांग्रेस गर्दुवाका पुराना नेता प्रेम गुरुङ पार्टि वच्चलित भएको कारण कांग्रेसमा वस्न सकिने अवस्था नरहेकाे भन्दै नेकपा एमाले प्रवेश गरेका छन् साथै आज नै नेपाली कांग्रेस वडानं १ वडा सह-सचिव ओम वहादुर विक सहित विभिन्न पार्टि परित्याग गरि ३० जना नेकपा एमाले प्रवेश गरेका छन् ।
राष्टिय युवासंघ नेपाल , वडा कमिटिले वडा नं १का अध्यक्ष कृष्ण काफ्ले संयाेजक , वसन्त पाैडेल र विजय माझी सह संयाेजक रहने गरि ५१ जनाकाे युवा संघ , निर्वाचन परिचालन कमिटि समेत गठन गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि सुर्य पाेख्रेलले समग्र वडा भित्रकाे मत सुरक्षण , नेता कार्यकर्ताकाे सुरक्षामा चुनावमाहुनसक्ने चलखेलमन युवाहरु चनाखाे भएर लाग्नुपर्ने वताएका थिए ।
साेहि कार्यक्रममा जिल्लाका नेताहरु दिपक भट्टराई , सागर न्याैपाने र विष्णु चापागाईं, सुवास ओझाले मन्तव्य राखेका थिए । कृष्ण काफ्लेकाे अध्यक्षतामा भएको बैठकले १५ जनाकाे वडा माेवाईल टाेलि समेत गठन गरेकाे छ ।