देवचुली,
नेकपा एमाले यति बेला प्रचार प्रसारमा ब्यस्त रहेको छ। नेकपा एमालेले देवचुली १ देखि १७ वडा सम्म सबै मतदाताको घर घरमा गई मत अपिल गरिरहेका छन्। आसन्न बैशाख ३० गते स्थानिय निर्वाचनको लागी पार्टीले विभिन्न प्रतिवद्धता संगै योजनाहरु लिएर जनता सामु गइरहेको नेकपा एमाले देवचुली नगर कमिटी प्रचारप्रसार समितिका संयोजक धर्मदत्त भुसालले ह्याप्पी टाइम्सलाई बताएका छन्।
भुसालले पार्टीले तडक भडक भन्दा पनि आउँदा दिनमा आफुहरु निर्वाचित भएपछि वडा र नगरमा गर्न सकिने कामहरुको बारेमा सुसुचित गराउंदै निर्वाचन पछिको नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराइरहेको छ। अहिले निर्वाचन संगै आफ्नो पार्टीको प्रचार प्रसारको लागी वडागत रुपमा टोल कमिटि गठन गरि परिचालन गरे संगै उम्मेदवार र मतदाताको बीच परिचयात्मक कार्यक्रम भइरहेको छ ।
यति बेला बिशेष गरि उम्मेदवारहरुले वडाको , नगरको र केन्द्रको घोषणापत्र संगै आफ्नो प्रतिवद्धताको बारेमा जानकारी गराउंदै मेयर र उपमेयर पदका उम्मेदवार सहितको घरदैलो कार्यक्रम उत्साहजनक रुपमा अगाडी बढिरहेको छ। यता पार्टीको तर्फबाट निर्वाचनको लागी आकांक्षी धेरै भएता पनि राम्रो भित्र बाट पनि राम्रोलाई चुनेर गाउँ , नगर हुँदै रास्ट्रकै हितमा कार्य गर्ने भनि सबै एकजुट भइ वडागत रुपमा योजनाहरु निर्माण गरि नगर र गाउँ हुँदै समृद्ध नेपाल बनाउन आफ्नो पार्टी लागिपरेको भुसालले बताएका छन्।
उनले आफ्नो पार्टी नेकपा एमाले नेतृत्वमा रहंदा देशमा परिवर्तनको मूल फुटेकाले नेपाली जनताले नेकपा एमालेलाई राम्रो संङ्ग चिनेको बताएका छन्। यस निर्वाचनको लागि देवचुलीमा नेकपा एमाले कुनै दल संग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा होमिएका छन्। वर्तमान समयमा नेपालि जनताले चाहेको जस्तो परिवर्तन ल्याउन र नेपालि जनताको हकहित सुनिस्चित गर्नका लागी नेकपा एमालेको नेतृत्व आवश्यक रहेकोले सबै नगरवासीहरुले यस पटक सहयोग गर्नेमा पार्टी बिश्वस्त रहेको छ।
निर्वाचन भन्ने बढी खर्च हुन्छ भन्ने परिपाटीलाई मध्यनजर राख्दै उम्मेदवारहरुले आफ्नो खर्चलाई कटौती गर्दै कम भन्दा कम खर्चमा सबै कुराको व्यवस्थापन गर्न लागि परिरहेका छन्। पार्टीले देवचुलीलाई मुलुककै उत्कृस्ट नगरपालिका बनाउन आफ्नो पार्टीले शिक्षा , स्वास्थ्य , बालबालिका , महिला तथा जेस्ठ नागरिक हरुल्को सम्मानमा ठेस नपुग्ने गरिन उचित योजना बनाएको समेत जानकारी दिएका छन्।