नवलपुरका सञ्चार उद्यमी केबि रानाले बौदीकाली गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
नेपाल प्रेस युनियनका सचिव समेत रहेका राना कावासोतीमा रहेको देवचुली टेलिभिजनका संस्थापक समेत हुन् । लामाे समय पत्रकारिता गरेका राना हाल भने सकृय राजनीतिमा लागेका छन् ।
नेपालमा रहेका ७ हजार बाल क्लब स्थापनाको सुत्रधार बाल अधिकारकर्मी रानाको परिचय वहुआयामिक छ । शान्ति, सुशासन, भ्रष्टाचार न्यूनिकरण, दिगो विकास, सामाजिक विकृति विरुद्व कलम चलाउने पत्रकार केबी रानाको अर्को परिचय हो ।
उनको यो योगदानलाई कदर गर्दै अफ्रिकन देश साउथ सुडानको जातीय द्वन्द्वन्यूनिकरणका लागि संयुक्त राष्ट्र संघले खेलेको भूमिकाको अनुगमनका लागि नेपाल सरकारले प्रदान गरेको युएन मिसन डेलिगेट र दिगो विकासमा पुर्याएको योगदानको कदर गर्दै चीन सरकारले आफ्नो देशमा भएको सफल अभ्यास सम्बन्धि अध्ययन/अवलोकनका छनौट भई सफलतापुर्वक भूमिका निर्वाह गरेका थिए ।
नेपाल, भारत, थाईल्याण्ड लगायत विभिन्न देशमा भएका राष्ट्रिय अन्तराष्ट्रिय युवा सम्मेलनहरुमा समेत सहभागिता जनाएका राना नेपालको युवा नीति निर्माण गर्न सरकारलाई दवाव सृजना गर्ने तथा सहजिकरण गर्ने एक अभियन्ता समेत हुन् । रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौं मिडिया हाउसमा कार्य अनुभव छ ।
समाजशास्त्रमा स्नाकोत्तर, कानुनशास्त्र र ग्रामीण विकास शास्त्रमा स्नातक गरेका वहुप्रतिभाका धनी व्यक्ति रानालाई करिव ३ सय भन्दा बढी सरकारी, गैरसरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ/संस्थाले पुरस्कृत, सम्मान, अभिनन्दन, कदरपत्र तथा प्रशंसा पत्र प्रदान गरेका छन् । बाहिर रहेर भन्दा कार्यकारी पदमै रहेर समाज विकास गर्ने चाहना रहेको उनको भनाइ छ ।