देवचुली,
आसन्न स्थानीय तहको निर्वाचनका लागि देवचुली नगरपालिकामा राजीनामा दिन जनप्रतिनिधिको लर्को लागेको छ । आगामी निर्वाचनमा पुनः उम्मेदवारीको आकांक्षा राख्दै जनप्रतिनिधिहरुले राजीनमा दिएका हुन् । आइतबार देवचुली नगरपालिकाका नगप्रमुख पूर्णकुमार श्रेष्ठ समक्ष राजीनामा दिन जनप्रतिनिधिहरुको लर्को लागेको हो ।
देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले समेत राजीनामा दिएकी छिन् । देवचुली नगरपालिका वडा नं ६ का वडाध्यक्ष मिनबहादुर सोती, वडा नं ७ का वडाध्यक्ष भूपराज पाठक, वडा नं १५ का वडासदस्य सुरेश कुमार रानाभाट, वडा नं १५ का वडासदस्य प्रेम खनाल, वडा नं १५ का महिला वडा सदस्य माया सुवेदीले राजीनामा दिएका छन् । यसैगरि देवचुली नगरपालिका वडा नं ३ का दलित महिला वडासदस्य सरस्वती वि.क, देवचुली वडा नं ८ का दलित वडासदस्य विमा कामीले राजीनामा दिएका छन् ।
देवचुली नगरपालिका वडा नं १२ का वडासदस्य भिमलाल तिवारी, वडा नं ११ का वडासदस्य नवराज भुसाल, वडा नं १४ का वडासदस्य मनोज कुमार श्रेष्ठ, वडा नं १ का दलित महिला वडासदस्य उर्मिला वि.क, वडा नं १६ का दलित महिला वडासदस्य मिनु विश्कर्मा, जानकी देवि लामिछाने गुरौ, वडा नं ६ का दलित महिला वडासदस्य मनकुमारी विश्कर्मा, वडा नं ६ का वडासदस्य गुमबहादुर थापा मगरले राजीनामा दिएका छन् ।
हालसम्म देवचुली नगरपालिकामा १८ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।