देवचुली,
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पार्टीहरुले उम्मेदवारको टुंगो लगाइरहेका छन् । जनता समाजवादी पार्टी देवचुलीले पनि मेयर, उपमेयर र वडाध्यक्षका लागि उम्मेदवारको टुंगो लगाएको छ । बिहिबार समिति बसेको भेलाले देवचुली नगरपालिकाको मेयरमा दुईजना र उपमेयरमा एकजना आकांक्षी खडा गरेको छ ।
मेयरमा कृष्ण प्रसाद गौतम, कृष्णराज गैरे र उपमेयरमा सिताकुमारी थनेतलाई उम्मेदवारको रुपमा अगाडि सारिएको हो ।
यसैगरी वडाध्यक्ष पदका लागि देवचुली वडा नं १, २, ७, १३ र १६ मा एक भन्दा बढिको आकांक्षा रहेकाले आन्तरिक छलफल गरि छिट्टै टुंगो लगाउने जनाइएको छ ।
देवचुली वडा नं १ मा कृष्णप्रसाद गौतम, तुलसी गौतम, अणप्रसाद भण्डारी गरि तीन जनाको दाबी रहेको छ । देवचुली वडा नं २ मा कृष्णराज गैरे, दिलिप सिग्देल, वडा नं ७ मा गुणाखर पाण्डे, कृष्णप्रसाद अर्याल, वडा नं १३ मा होमप्रसाद वि.क, कमल महतो, वडा नं १६ मा पेउ नारायण (प्रेम) न्यौपाने, ईन्द्र शर्माको दाबी परेको छ ।
यस्तै वडा नं ३ मा दिपक कुमार घर्ती, वडा नं ५ मा गंगाराम पौडेल, वडा नं १२ मा शंकर नेपाली, वडा नं १७ मा सोममाया तामाङको उम्मेदवारी रहेको छ ।