देवचुली,
पदम बहादुर, हुम, भगवती जि.सी स्मृती प्रतिष्ठानले देवचुली माध्यमिक विद्यालयलाई दुईलाख भन्दा बढिको छात्रवृत्ति प्रदान गरेको छ । मंगलबार देवचुली माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानले विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अति विपन्न विद्यार्थीहरुलाई २ लाख ११ हजार छात्रवृत्ति प्रदान गरेको हो ।
देवचुली माध्यमिक विद्यालयमा देवचुली भित्रका विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयका रुपमा चिनिन्छ । कार्यक्रममा छात्रवृत्ति प्रदान गर्दै पदम बहादुर, हुम, भगवती जि.सी स्मृती प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली काँग्रेस जिल्ला सभापति महेन्द्रध्वज जि.सीले बालबालिकाले कुनै पनि हालतमा पढ्न पाउनुपर्छ भन्ने उद्धेश्यले प्रतिष्ठानले विपन्न वर्गका विद्यार्थीहरुको लागि सानो रकम सहयोग गरेको बताउनुभयो ।
उहाँले प्रतिष्ठानको यो पहिलो सहयोग साना बालबालिकाको शिक्षामा प्रदान गरिएको बताउँदै प्रतिष्ठानले आगामी दिनमा यस्ता थुप्रै कार्यक्रम गर्ने योजनामा रहेको बताउनुभयो ।
पदम बहादुर, हुम, भगवती जि.सी स्मृती प्रतिष्ठानले विद्यालयमा अध्ययनरत विद्यार्थीका क्षेत्रमा रकम सहयोग गरेकोमा खुशी व्यक्त गर्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई केही सहज हुने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष भोजेन्द्र रायमाझी, इसा जि.सी, यमकुमारी रायमाझी, खगेन्द्रध्वज जि.सी, तोपमान जि.सी लगायतको उपस्थितीमा छात्रवृत्ति प्रदान गरिएको थियो ।
देचवुली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षता रहेको छात्रवृत्ति कार्यक्रममा पदम बहादुर,हुम,भगवती जि.सी स्मृती प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्र ध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले प्रतिष्ठानले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले सहजीकरण गर्नुभएको थियो ।