देवचुली,
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पालिकाहरुमा सरगर्मी बढेको छ । यस्तै देवचुली नगरपालिकामा पनि विभिन्न पार्टीबाट नगरप्रमुख र नगर उपप्रमुख पदका लागि आकाक्षीहरुको चहलपहल बढेको छ । देवचुली नगरपालिकाको नगर प्रमुख पदका लागि नेपाली काँग्रेस देवचुली नगर कार्य समितिका सभापति डिल्लीराम कडरिया सहित १३ जनाले दाबी प्रस्तुत गरेका छन् ।
बुधबार नेपाली काँग्रेस देवचुली नगर कार्य समिति बसेको भेलामा १३ जनाले नगरप्रमुख र ८ जनाले उपप्रमुख पदमा दाबी गर्दै नाम दर्ता गराएका छन् ।
नगरप्रमुख पदका लागि डिल्लीराम कडरिया, धर्मराज बस्याल, भोजेन्द्र रायमाझी, विष्णु प्रसाद भुसाल, रेशमलाल सापकोटा, ढाकाराम भट्टराई, अशोक बस्ताकोटी, गौरीश्वर न्यौपाने, देवराज लामिछाने, क्यापटेन डिल बहादुर खत्री, रविलाल सापकोटा, उदय राज अधिकारी, लक्ष्मी बस्ताकोटीले दाबी गरेका छन् ।
यसैगरि नगर उप-प्रमुख पदका लागि निर्मला पाण्डे, रेनुका न्यौपाने बस्ताकोटी, रत्नामाया विश्वकर्मा, धनेश्वरी ढकाल कोइराला, धनमाया भुसाल, सम्झना सापकोटा, खिमा सारु, धनमाया खड्काले दाबी गरेका छन् ।