देवचुली,
देवचुली नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ५ का विद्यार्थीहरुलाई सिकाई उपलब्धी परीक्षा संचालन गरिएको छ । शनिबार देवचुली नगरपालिका भित्रका संस्थागत र सामुदायिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छात्रछात्रा गरि ११ सय ९३ विद्यार्थीहरुलाई १ दिने सिकाई उपलब्धी परीक्षा संचालन गरिएको हो ।
बिशेषगरि कक्षा ५ का विद्यार्थीहरुको वास्तविक सिकाई उपलब्धी स्तर पत्ता लगाई सोही अनुसार आगामी शिक्षा योजना तथा कार्यक्रमहरु निर्माण तथा कार्यान्वयनका लागि परीक्षा संचालन गरिएको देवचुली नगपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयका कक्षा ५ का सम्पूर्ण विद्यार्थीहरुको लागि देवचुली माध्यमिक विद्यालय, नेपाल नमूना माध्यमिक विद्यालय, विश्वज्योति माध्यमिक विद्यालय, भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय गरि ४ वटा केन्द्र छुटाइएको थियो ।
४ केन्द्रमा संचालन गरिएको सिकाई उपलब्धी परीक्षामा देवचुली मा.विमा राजु केसी, नेपाल मा।विमा शिव देवकोटा, विश्वज्योति मा।विमा लिलाराम तिमिल्सना र भिमसेना आदर्श नमूना मा.विमा करण बहादुर खड्कालाई केन्द्राध्यक्ष नियुक्त गरिएको थियो ।
देवचुली नगर स्तरीय परीक्षा समितिको विशेष सकृयता तथा सम्वन्धित सरोकारवालाहरुको सहयोगमा सञ्चालित परीक्षा मर्यादित तवरले सम्पन्न भएको छ ।
उक्त परीक्षाको अनुगमन तथा मूल्याङ्कन देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, शिक्षा अधिकृत नन्दलाल ढकाल, देवराज काफ्ले तथा योजना शाखा प्रमुख जीवलाल श्रेष्ठले गर्नु भएको थियो । सिकाई उपलब्धी परीक्षको नतिजा बार्षिक परीक्षाको रिजल्टको समयमा आउने र उत्कृष्ठ हुने विद्यार्थी र विद्यालयलाई सम्मान गरिने भएको छ ।