देवचुली,
देवचुली नगरपालिकामा रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा २४ औँ बार्षिकोत्सव मनाएको छ । आइतबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा संस्थाका अध्यक्ष मानसिंह खत्रीको अध्यक्षता एवम् देवचुली नगरपालिकाका नगर उप–प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका तिवारीले सहकारीलाई बलियो बनाउन कर्मचारीको मुख्य जिम्मेवारी हुने भएकाले दक्ष कर्मचारीले मध्य नेपाल संचालन भएको बताउनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजसेवि व्यक्तित्व एकदेव पौडेल, खिमानन्द भुसाल, रविलाल सापकोटा, रेशमलाल सापकोटा, कृष्ण गौतम, रत्नामाया विश्कर्मा, क्यापटेन डिल बहादुर खत्री, राम प्रसाद शर्मा मरासीनी, शशीधर रेग्मी लगायतले समाज रुपान्तरणका लागि मध्य नेपाल सहकारी संस्थाले अहम भूमिका निर्वाह गरेको बताएका थिए ।
कार्यक्रममा शनिबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको अन्तर समूह हाजिरी जवाफ प्रतियोगितामा विजयी हुने समूहलाई सम्मान गरिएको थियो । यसैगरि सहकारी संस्थाले अन्य एकिकरण कार्यदल सम्मान, निर्वाचन समिति सम्मान, विनियम संशोधन समिति, विवाद समाधान समिति, निवर्तमान पदाधिकारी सम्मान, उत्कृष्ट संस्थागत तथा सदस्य कारोबार सम्मान, निवर्तमान सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक सम्मान, सबैभन्दा बढी शेयर सदस्यता बृद्धि गर्ने उपसमिति सम्मान, बाल सदस्य सम्मान लगायतका कार्यक्रम गरि मनाएको छ ।
कार्यक्रमलाई समापन गर्दै मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानसिंह खत्रीले संस्थाको नेतृत्वमा रहँदा गुणगान गाउने तर नेतृत्व छाडेपछि असहयोग गर्ने धेरै प्रचलन रहेको बताउँदै मध्य नेपालको नेतृत्वमा रहेका व्यक्तिले त्यस्तो नगरेको बताउनुभएको थियो । उहाँले मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगामी बर्ष रजत बर्ष बनाउने समेत उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष लोक प्रसाद भुर्तेलले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव कुश्माखर काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले वृत्तचित्र प्रस्तुत गरिएको थियो ।