देचवुली
नवलपुरको देचवुली नगरपालिका अन्तरर्गत रहेका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दो छ । प्राकृतीक जिवजनावर संगै प्राकृतीक सौन्दर्य पनि रहेका कारण अहिले धेरैको रोजाई नारायणि किनार परेको छ । अहिले जिल्लाको देवचुलीमा आन्तरिक र बाह्य पर्यटकहरु यहि रम्न आउने गरेका छन । फलस्वप सो क्षेत्रमा ठुला लगानिमा सुबिधा सम्पन्न होटल तथा रिसोर्टहरु निर्माण हुने क्रम बढ्दो रहेको छ । पर्यटकहरुको चहलपहलले अहिले त्यहा होटलमा लगानि गर्ने बढेका छन ।
देवचुली नगरपालिका वडा नम्बर १६ का नारायण केसी पनि अहिले देवचुली १७ पिप्रहरमा ठुलो लगानि गरेर चितवन टाइगर रिसोर्ट संञ्चालन गरि रहेका छन । होटलमा अनुभव नसंगालेका केसीले अहिले करोडौँ खर्च गरेर पर्यटकहरुलाई खुशी दिदैँ आएका छन । पहिले देखि पिप्रहरमा संञ्चालनमा रहेको उक्त रिसोर्टलाई केसीले अझ बढि सिंगारेका छन भने पर्यटकहरुलाई सुबिधा पनि थपेका छन । महेन्द्र राजमार्ग देखि करिव २ किलोमिटर नारायणि किनारमा केसीले उक्त रिसोर्टका लागि ५ करोड खर्चेका छन ।
केसीले संञ्चालन गरेको उक्त रिसोर्टले स्थानिय २२ जनाले प्रत्यक्ष रोजगार पाएका छन । स्थानियले उत्पादन गरेका तरकारी, मासुजन्य बस्तुहरु समेत उक्त रिसोर्टमा खपत हुदा स्थानियलाई आयआर्जनको माध्यम पनि बनाएको संञ्चालक केसी बताउछन ।
कोेरोनाका कारण थला परेका पर्यटन व्यवशायि फेरी नयाँ उर्जाका साथ लागेका छन । सो चितवन टाइगर रिसोर्टका म्यानेजर युवराज कंडेलका अनुसार कोभिड पछि रिसोर्टका धेरै पाटामा परिवर्तन गरेर संञ्चालन आएको बताए । उनले अहिलेको टाइगर रिसोर्टका संञ्चालकहरुले यसको व्यवस्थापन मजबुद बनाएको बताउछ ।
रिसोर्ट अहिले बाह्य भन्दा बढि आन्तरिक पर्यटकहरु आउने गरेका छन । संञ्चालक केसीका अनुसार रिसोर्टमा देशका गहनाका रुपमा रहेका राष्ट्रिय कलाकारहरुको पनि आगमन हुने कारण रिसोर्ट संञ्चालनमा सहज भएको बताउछन ।
देवचुली नगरपालिकामा पर्यटकीय सम्भावना धेरै छन । जंगलीजनावर अवलोन गर्न टाढाँ जानु नपर्ने यो क्षेत्रमा पर्यटन व्यवशायिले सम्भावना देखे पनि स्थानिय सरकारले उचित प्रबन्ध मिलाउन नसकेको केसीको बुझाइ छ ।
सो क्षेत्रमा चितवन टाइगर रिसोर्ट मात्र होइन यो बाहेक धेरै रिसोर्टहरु संञ्चालन हुने प्रकृयामा रहेका छन । पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ र पर्यटन व्यवशायले राष्टको विकासमा सहयोग पुर्याउने कारण नै रिसोर्टमा अहिले ठुलो लगानि गरि रहेका छन ।
नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशन भोलि देखि नवलपुरको कावासोतीमा सुरु हुने भएको छ ।
चैत्र ९ र १० गते गरी दुई दिन सम्म चल्ने र महाधिवेशनको गृहमन्त्री बालकृष्ण खाँडले उदघाटन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिएका छ्न । दुई दिन सम्म चल्ने महाधिवेशनमा देशबाहिर रहेको शाखा, देश भित्रका जातीय संगठनका प्रतिनिधि लगायतका गरी ४ सय २० जना प्रतिनिधि र २ सय प्रवेक्षक सहभागी रहने अध्यक्ष बरामले जानकारी दिए ।
प्रत्येक ३र३ बर्षमा हुनु पर्ने आदिवासी जनजाति महासंघको महाधिवेशन पछिल्लो पटक ५ बर्षमा हुन लागेको हो । कोभिडका कारण आदिवासी जनजाति महासंघले महाधिवेशन गर्न सकिरहेको थिएन ।
महाधिवेशनले ५६ जना महिला र ५६ जना पुरुष सहितको १ सय १२ सदस्यीय नयाँ केन्द्रिय समिति चयन गर्ने छ । यस पटक पदाधिकारीको संख्या बढाउने तयारी भइरहेको अध्यक्ष बरामले बताए ।
महाधिवेशनको उद्घाटन पूर्व कावासोतीको फलफूल चोकदेखि कार्यक्रम स्थल पानस होटलसम्म आदिवासी जनजातिका जातजातिका झाँकी सहितको र्याली निकालिने छ ।