देवचुली,
नवलपुरको शैक्षिक एवं सामजिक बिकासमा उच्च योगदान पुर्याएएका स्वर्गीय महाशर्मा घिमिरेको अर्धकदको शालिक अनावरण गरिएको छ। सोमबार देवचुली १४ मा अवस्थित जनज्योति नमूना माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सवको अवसरमा विद्यालय हाताभित्र निर्माण गरिएको स्व। घिमिरेको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेलले अनावरण गर्नुभएको हो । अनावरण पश्चात् स्व. घिमिरेको कृतित्वलाई स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले महाशर्मा घिमिरे एक शैक्षिक ब्याक्तित्व मात्रै नभई अनुकरणीय अग्रज पुरुष भएको चित्रण गर्नुभयो। उहाँले महाशर्मा घिमिरे जस्ता शैक्षिक ब्यक्तित्वले गर्दा नै आजको शिक्षा यहाँसम्म पुगेको बताउनु भयो।
विद्यालय हाताभित्र निर्माण गरिएको सो शालिक स्व. घिमिरेका विद्यार्थीहरु र परिवारजनको आर्थिक सहयोगमा निर्माण गरिएको हो।
कार्यक्रममा स्व.महाशर्मा घिमिरेको सालिक निर्माणका लागि गठन गरिएको समितिका संयोजक खेमराज भट्टराईले घिमिरेको प्रशंसा गर्नुभएको थियो । उहाँले शालिक निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दातालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यसैगरि शालिक निर्माण समितिका कोषाध्यक्ष मोती प्रसाद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक जगन्नाथ शर्मा लम्साल र रितु न्यौपानेलाई सम्मान गरिएको थियो साथै सिने जगतका हास्यकलाकार बसुन्धरा भुसाललाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी, संविधान सभा सदस्य कृष्ण पौडेल, जनज्योति मा.वि व्यवस्थापन समितिका अध्यक्ष श्यामशर्मा भूसाल, प्रगतिनगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगरपालिकाका नगर प्रमूख पूर्णकुमार श्रेष्ठ, नेपाल सरकारका सचिव विष्णु प्रसाद भुसाल, नेकपा माओवादी नगर अध्यक्ष प्रेमा खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीधर ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै जनज्योति नमूना मा.वि व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद पाठकले कार्यमलाई भव्य र सव्य रुपमा सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले स्व.घिमिरेको शालिक अनावरण गर्ने सपना सफल भएको समेत बताउनुभएको थियो । कार्यक्रममा विद्यालयको तर्फबाट छात्रा दिपा अधिकारी र प्रधानाध्यापक श्रीधर ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक घनश्याम भुसालले गर्नुभएको थियो ।