देवचुली,
देवचुली १५ प्रगतिनगरमा रहेको जनज्योति बहुमुखि क्याम्पसको अन्तक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार क्याम्पसको सभाहलमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्याम्पसका विद्याथीहरुबाट प्रश्न एवं जिज्ञासा लिइएको थियो । क्याम्पसमा अध्ययनरत विद्यार्थी बन्दना विश्कर्माले प्रध्यापकहरु र विद्यार्थीहरुले क्याम्पसका निति नियमलाई पालना गर्नुपर्ने बताएकी थिईन् । यसैगरि क्याम्पसकी अर्की छात्रा आशा वि.कले महिला सहभागिता कार्यक्रम र क्याम्पसमा क्यानटिनको व्यवस्था, किशोरीहरुलाई आवश्यक पर्ने सेनेटरी प्याडको व्यवस्था क्याम्पसले गर्नुपर्ने बताएकी थिईन ।
कार्यक्रममा क्याम्पसका प्रध्यापक टंक काफ्ले, ज्ञानप्रसाद भुसाल, सिता काफ्ले भट्टराई, रमेश बराल, निलकण्ठ पराजुली, ऋषि धिताल, डोलराज पाठक, ईश्वर बहादुर श्रेष्ठले क्याम्पसले आईडी कार्डको व्यवस्था गर्नुपर्ने, क्याम्पसमा शिक्षकलाई करारको व्यवस्था गर्नुपर्ने, क्याम्पसमा एक सदस्य एक विद्यार्थी हुनुपर्ने, प्रज्ञा प्रतिष्ठानको आवश्यकता लगायतको विषयमा बोलेका थिए ।
यसैगरि कार्यक्रममा विशिष्ट अतिथीका रुपमा समाजसेवि शिक्षाप्रेमी व्यक्तित्व होमनाथ जैसी, धर्मदत्त भुसाल, तिलप्रसाद काफ्ले, प्रा.डा. मोहनीलाल भुसाल, नारायण प्रसाद पौडेल, श्याम शर्मा भुसाल, खिमानन्द भुसाल, महेन्द्र पिया, सरस्वती तिमिल्सिना, उद्योग बहादुर श्रेष्ठ, यमप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जनज्योति मा.वि व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसाल, ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशील, देवचुली नगरपालिका बालमैत्री परामर्शा दाता नारायण प्रसाद पौडेल, सरस्वती तिमिल्सिना, झपिन्द्रेश्वर भुसाल लगायतले शुभकामना मन्तव्य राख्दै देवचुली नगरपालिका भित्र रहेको यस क्याम्पसले विद्यार्थीहरुको चाहना र आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढ्न अनुरोध गरेका थिए ।
कार्यक्रमको समापन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दयाराज तिवारीले क्याम्पसले विद्यार्थीहरुको मागलाई जोड दिने बताउनुभएको थियो । अन्तक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रममा क्याम्पस प्रमुख पशुपति भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राध्यापक डिल्लीराम भुसालले गर्नुभएको थियो ।