गैडाकोट,
नवलपुरको गैडाकोटमा रहेको उन्नती कलच्रर भिलेज स्थापनाको एक वर्ष पुरा भएको अवसरमा एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव समारोह मनाएको छ । साहित्य,संस्कृत र कलालाई एकै साथमा पस्कन मिल्ने स्थानको रुपमा गैडाकोटको हर्कपुरमा चौधरी ग्रुपले संञ्चालनमा ल्याएको कल्चर हाउस गत वर्ष फागुन २८ गते भव्य कार्यक्रमको आयोजना गरि उद्घाट गरेको थियो । चौधरी फाउण्डेशनकी निर्देशक सुरभी चौधरीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षा तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव देवेन्द्र लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले रोजगार, कला , संस्कृती र सामाजिक क्षेत्रमा मन्त्रालयले हेर्ने बताए । उनले चौधरी फाउण्डेशनको यो उन्नती भिलेजका कार्यक्रम पनि मन्त्रालयको विषय अन्तरर्गत पर्ने हुदा प्रदेशले कला,संस्कृती,समाज र आर्थिक क्षेत्रको विकास गर्न टेवा पुर्र्याउने यस्ता निजि क्षेत्रलाई पनि हेर्ने र यसमा समन्वय गर्ने बताए ।यस्तै कार्यक्रममा गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैडाकोट नगरमा रहेको यस उन्नती भिलेज गैडाकोट नगरको गौरवको विषय भएको भन्दै यसमा नगरपालिकाले सकेको समन्वय गर्ने बताए ।
प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद् ९सिटिइभिटि०का प्रमुख प्रमोद आचार्यको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै आचार्यले तालिम परिषद्ले स्वरोजगार हुन चाहने तर सिप नभएकाहरुलाई सिप प्रदान गर्ने गरि परिषद् लागि परेको बताए । उनले उद्योगका लागि कस्ता सिप भएका व्यक्तिहरु आवस्यक पर्ने हो सो बारेमा उद्योगले आफुहरुलाई जानकारी गराए सोही अनुसार दक्ष व्यक्त वा कामदार आफुहरुले निकाल्न सक्ने बताए । यसका लागि चौधरी फाउण्डेशन संग सहकार्य गर्न तयार रहेको बताए ।
यता नवलपुर उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष अमृत भट्चनले विनोद चौधरीको उद्योग र यस्ता व्यवशायिक क्षेत्र नवलपुरमा हुनु गौरवको कुरा भएको बताए । उनले विनोद चौधरीले हजारौँ युवाहरुलाई रोजगार प्रदान गरेको बताउदै कोभिडका कारण निजि क्षेत्र धरासायी भएको बताउनुभयो । उहाले धरासायी रहेका यस्ता व्यवशाय र व्यवशायिलाई ठुला निजि उद्योगहरुले पनि प्रत्साहन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उन्नती कल्चरको वार्षिक उत्सव समारोहका अवसरमा गैडाकोटमा धेरै कलाकारहरुको पनि सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै वरिष्ट सेरामीक कलाकार गोपाल कलाप्रेमीले आफुले ठुला शहरमा मात्र कलाप्रमी र कलामा रुची राख्ने होलान भन्ने सोचेको तर गलत रहेको बताए । चौधरी फाउण्डेशनको उन्नती भिलेजमा आए पनि मोफसलमै कला प्रेमी र कलामा रुचि राख्नेको संख्या धेरै पाएको बताए । देश विकासको मुख्य आधार कला रहेको भन्दै कलाको विकासले देशको समग्र विकास हुने उनको भनाइ थियो । चौधरी ग्रुपका वरिष्ठ महाप्रबन्धक नारायण श्रेष्ठले उन्नती कल्चरको परिकल्पना ठुलो रहेको बताए । कल्चरले आगामी दिनमा कला,संस्कृती संरक्षण गर्न गण्डकी प्रदेश भरि आभियान चलाउने गरि अघि बढ्ने बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक राहुल चौधरीले चौधरी ग्रुपले जसरी उद्योगबाट उत्पादन भएका वस्तुहरु विदेश पठाएका छौ यसरी नै देशको कला,संस्कृतीलाई देशभर चिनाउन एक खालको अभियान लिएर अघि बढ्ने बताए ।
कार्यक्रममा उपस्थीत सबैलाई चौधरी फाउण्डेशनकी निर्देशक सुरभी चौधरीले उन्नती कल्चरले संस्कृती सभ्यता र यसको परिचयका लागि फाउण्डेशन लागि पर्ने बताइन । उन्नतीले आयोजना गरेको कार्यक्रममा सहभागि सबैलाई धन्यवाद व्यक्त गरिन ।सोही कार्यक्रममा विकु बचत तथा ऋण सहकारी संस्था र चौधरी फाउण्डेशन बिच एक सहमती समेत भएको छ । सो सहमती पत्रमा फाउण्डेशनका तर्फबाट सुरभी चौधरी र सहकारीका तर्फबाट अध्यक्ष ओम सापकोटाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमको अवसरमा उन्नती कल्चर भिलेजमा विगत लामो समयदेखी सेवा गरेका व्यक्तहरुलाई सम्मान समेत गरिएको थियो । चौधरी उद्योग ग्राम दुम्कौलीका नायब प्रबन्धक रामचन्द्र धितालले कार्यक्रमको सहजि करण गर्नुभएको थियो ।