देवचुली
तेस्रो देवचुली महोत्सवको नवौं दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाको अध्यक्षता तथा देवचुली नगरपालिकाका १० का अध्यक्ष केशर आलेको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले स्थानिय कला संस्कृतिको जगेर्ना गर्न र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गर्न महोत्सवले महत्वपुर्ण भूमिका खेलेको बताएका थिए।
कार्यक्रममा आज चर्चित लोक दोहोरि गायक पशुपति शर्मा , रुपा घर्ति मगर तथा भुवन प्यासी संगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। पशुपति शर्माले मलाई अमेरिका यहि , दोहोरीको राजा , झम झम दर्कियो पानी लगायतका गीत गाएका थिए । यस्तै रुपा घर्ति मगर र भुवन प्यासीले दमदार प्रस्तुति दिएका थिए।
आयोजकले स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनीको लागि मेला महोत्सवको आवश्यकता पर्नेमा आफ्नै नगरको आगनमा सुनौलो अवसर मिलेकोले सम्पूर्णलाई मौकाको फाइदा लिन आग्रह गरेका छन् ।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।