बुलिङटार
त्रिभुवन माध्यमिक विद्यालयमा एकै मन्चमा आज तिन ओटा कार्यक्रम सम्पन्न भएको छ । बुलिङटार गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेलद्वारा उद्घाटन भएको छ । बुलिङटार गाउँपालिकामा रहेका ८ ओटा माध्यमिक विद्यालय विच हुने उक्त कार्यक्रम २४, २५ र २६ गते त्रिभुवन माविको खेल मैदानमा संचालन हुनेछ ।
सो अवसरमा त्रिभुवन माध्यमिक विद्यालयमा रहेका विद्यालयका संस्थापक स्व. दामोदर बस्ताकोटीको सालिक समेत मुख्यमन्त्रिद्वारा अनावरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि पोखरेलले महिलाहरुले संविधानमा दिएको अवसरलाई पहिचान गरेर उपयोग गर्दै आफ्नो हक हितका लागि महिलाहरु जुरमुराउनु आवश्यक छ भन्दै ११२ औं नारी दिवसको शुभकामना दिनुभएको छ ।
नागरिक स्वास्थ्य भएमा राष्ट्र नै स्वस्थ्य हुने भएकाले खेलकुदको क्षेत्रलाई अगाडी बढाउन जरुरी छ भन्दै विद्यालयका संस्थापकले बुलिङटारलाई बाहिरी क्षेत्रसँग परिचीत गराउन अग्रणी भूमिका खेल्ले स्व. दामोदर बस्ताकोटीको शालिक अनावरण गर्ने अवसर मिलेकोमा गौरवान्भित भएको बताउनु भएको छ । बिकास निमार्णमा सरकार खुल्ला छ यो क्षेत्रका समस्या गुनासो ल्याउन अनुरोध गर्नुभयो । आगामी बजेटमा यो क्षेत्रको विकासको लागि नागरिकहरुको गुनासो समाधान गर्ने जानकारी गराउनुभएको छ । बिकासको हकमा सबै राजनैतिक दलहरु एक भएर अगाडी बड्ने संस्कार छ भन्दै आफ्नो गठबन्धनकोे मुख्यमन्त्रिले प्रशंसा गर्नुभएको छ ।
कार्यक्रममा महेन्द्रध्वज सिजी, ओमकला गौतम र माननीय विष्णु प्रसाद लामिछाने, चेसराम आलेज्यूको शुभकामना मन्तव्य राख्नुभएको थियो ।सम्पूर्ण अतिथि महानुभावहरुलाई बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले स्वागत मन्तव्य राख्नु भयो । कार्यक्रमा सभापतिको रुपमा त्रिभुवन माध्यमिक विद्यालयका विद्यालय व्य.स. अध्यक्ष हरि प्रसाद गौतम रहनु भएको थियो भने बिशेष अतिथिका रुपमा संविधान सभा सदस्य महेन्द्रध्वज सिजी, विशेष अतिथिः गण्डकी प्रदेश सभा सदस्य – माननीय ओमकला गौतम र माननीय विष्णु प्रसाद लामिछाने रहनु भएको थियो ।
साथै उक्त कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटी, क्षेत्रीय शिक्षा निर्देशक तथा मुख्यमन्त्रिका राजनैतिक सल्लाहाकार खड्ग बहादुर कमाल, बुलिङटार गाउँपालिका उपाध्यक्ष मैना बि.क., बुलिङटार गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सिताराम खनाल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सेतमान पुन, ने.का.जिल्ला उपसभापति बालकृष्ण घिमिरे, सचिव होमराज रानाभाट, सचिव महेन्द्र पोख्रेल, महासमिति सदस्य मदनभत्त अधिकारी, गजेन्द्र बहादुर आले, भरत तिवारी, गणेश सापकोटा, विष्णु पाण्डे, संघीय क्षेत्रीय सभापति अमृत भट्टचन, प्रदेश क्षेत्रीय सभापति हेमु पाण्डे , सचिव बसन्त पोखरेल लगायतको उपस्थिति रहेको थियो।
यस्तै बुलिङटार गाउँपालिकाका वडाध्यक्षहरु,किसान संघ केन्द्रिय अध्यक्ष भानु सिग्देल, गण्डकी प्रदेश सदस्य द्रोणवन सन्यासी, सिता कुँवर, ने.क.पा. एमाले गण्डकी प्रदेश सदस्य टंकनाथ गिरी, ने.का. जिल्ला सदस्य अमृता सिग्देल, सकुन्तला घिमिरे, ने.का. पालिका सभापति ओम कुमार श्रेष्ठ लगायत पालिका भरीका विद्यलायका प्रधानाध्यापकज्यूहरु सँगै विभिन्न विशिष्ट व्यक्तित्व महानुभावहरुको समुपस्थिती रहेको थियो ।
--