देवचुली
तेस्रो देवचुली महोत्सवको नवौं दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाको अध्यक्षता तथा देवचुली नगरपालिकाका उप मेयर पार्वता तिवारीको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले देवचुली महोत्सव समग्र देवचुली नगरपालिकाको सान भएकोले सबैलाई उत्साहजकन रुपमा सहभागी भई सफल पारिदिन आग्रह गर्दै आज परेको ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिला दिदिबहिनिहरुलाई शुभकामना ब्यक्त गरेकी थिइन् ।
कार्यक्रममा आज चर्चित लोक दोहोरि गायक प्रकाश सपुत र सम्झना भण्डारीको प्रस्तुतिले महोत्सवमा आएका दर्शकहरु झुमेका थिए। प्रकाश सपुतले ब्याटल , बोल माया , गलबन्दी जस्ता गित गाउँदा अर्की गायिका भण्डारीले क्यार्न माया मारिछौ , ओइ सम्झना , औठी बेरुवाको जस्ता गित गाएकी थिइन्।
अझ यी दुइ कलाकारको दोहोरीमा सबै उमेर समुहका दर्शकहरु उफ़्रिदै नाचेका थिए। यस्तै बिक्रम बाबु परियारको दमदार प्रस्तुति संगै हास्यकलाकार सुयासा खनाल र सन्तोष खनालले पनि आफ्नो हास्य प्रस्तुतीले उपस्थित दर्शकको वाहवाही बटुलेका थिए।
आयोजकले स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनीको लागि मेला महोत्सवको आवश्यकता पर्नेमा आफ्नै नगरको आगनमा सुनौलो अवसर मिलेकोले सम्पूर्णलाई मौकाको फाइदा लिन आग्रह गरेका छन् ।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।