देवचुली,
तेस्रो देवचुली महोत्सवको आठौँ दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका उपाध्यक्ष लोक प्रसाद भुर्तेलको अध्यक्षता तथा देवचुली ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्रीको प्रमुख आतित्थ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले देवचुली महोत्सव समग्र देवचुली नगरपालिकाको सान भएकोले सबैलाई उत्साहजकन रुपमा सहभागी सफल पारिदिन आग्रह गरेका थिए।
आयोजकले स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनीको लागि मेला महोत्सवको आवश्यकता पर्नेमा आफ्नै नगरको आगनमा सुनौलो अवसर मिलेकोले सम्पूर्णलाई मौकाको फाइदा लिन आग्रह गरेका छन् ।
आज सोमबार रमेशराज भट्टराई, अलिफ खान , कर्णराज गिरि , रिया घले लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। रमेशराजले बेहुला , फिदा लगायतका नयाँ पुराना गीतहरुमा दर्शकहरुलाई नचाएका थिए भने अर्का गायक खानले लोक भाकाहरु सुनाउंदै सबैलाई मन्त्रमुग्ध बनाएका थिए।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।