देवचुली,
तेस्रो देवचुली महोत्सवको आज सातौँ दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका महासचिव सूर्य दवाडी को अध्यक्षता तथादेवचुली ९ का अध्यक्ष मेख बहादुर सारुको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सारुले स्थानिय कला संस्कृतिको जगेर्ना गर्न र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गर्न महोत्सवले महत्वपुर्ण भूमिका खेलेको बताएका थिए।
आज आइतबार चर्चित गायिका दुर्गा सापकोटाले बेजोड प्रस्तुति दिएकि थिइन्।
उनले बिभिन्न गित गाउँदै दर्शकलाई नचाएका थिए। यस्तै गायक चन्द्र शर्मा , दिपक खड्काले पनि आफ्नो प्रस्तुति राखेको संघका महासचिव सूर्य दवाडीले ह्याप्पी टाइम्सलाई बताएका छन्।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।