देवचुली
तेस्रो देवचुली महोत्सवको आज छैठौ दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सत्य नारायण भुसालको अध्यक्षता तथा देवचुली १६ का वडा अध्यक्ष केशर बहादुर क्षेत्रीको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि छेत्रीले क्षेत्रीले उनले स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनीको लागि मेला महोत्सवको फाइदा लिन आग्रह गरेका थिए।
आज शुक्रबार चर्चित गायिका ज्योति मगरले बेजोड प्रस्तुति दिएकि थिइन्। उनले उही मुलाको सिन्की उही मुलाको चना , जाले रुमाल बैना भो , जिम्माल बाको छोरी , रातो सारीमा लगायतका गित गाउँदा दर्शक दीर्घमा रहेका युवा युवतीहरु उफ्रिदै नाचेका थिए। यस्तै घनश्याम रिजालले पनि आफ्नो प्रस्तुति राखेका थिए।
आज शनिबार बिदा संगै ज्योति मगर आउने भएपछि भिडभाड अरु दिनको तुलनामा आज बढी रहेको आयोजकले बताएका छन्।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।