देवचुली,
देवचुली नगरपालिका वडा नं १-५ मा रहेको दिब्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १३ औं बार्षिक साधारणसभा स्स्म्पन्न भएको छ। समितिका अध्यक्ष तिलप्रसाद पाठकको अध्यक्षता एवं गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका मन्त्री आचार्यले गण्डकी प्रदेशले "एक घर एक धारा" र "जनतासँग मन्त्री : समस्या समाधानका लागि मन्त्रालय" कार्यक्रम ल्याएको बताउँदै प्रदेशमा हरेक घरमा शुद्ध खानेपानीको पहुँच पुर्याउने योजना रहेको बताउनुभयो। उहाँले जनताले शुद्ध पानी पिउन पाउने अधिकार संविधान मै सुनिश्चित भएकाले कुनै पनि नागरिक यो अधिकारबाट बञ्चित हुन नहुने बताउनु भयो।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ, डिभिजन खानेपानी कार्यालय तनहुँका प्रमुख राजेन्द्र न्यौपाने, वडा नं ३ का वडाध्यक्ष गोपालराज शर्मा लम्साल, क्रसर ब्यवसायी तथा नेपाली काङ्ग्रेस देवचुलीका उपसभापति भोजेन्द्र रायमाझी, संस्थाका सल्लाहकार एवं नेकपा एमाले देवचुली नगर अध्यक्ष कृष्णबहादुर केसी, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
१३ औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष तिलप्रसाद पाठकले संस्थाको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका सदस्य सरस्वती अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपभोक्ता होमनाथ अधिकारीले खानेपानीप्रती समर्पित कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा खानेपानी मन्त्री आचार्यका निजि सचिव बिक्रम सुवेदी, प्रमुख स्वकीय सचिव कुमार तिवारी, स्वकीय सचिव रविन आचार्य, माओवादी केन्द्रकी अध्यक्ष प्रेमा खनाल, पूर्व अध्यक्ष, पूर्व समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। संस्थाका उपाध्यक्ष सुभाषचन्द्र ओझाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण संस्थाका सचिव कृष्ण सापकोटाले गर्नुभएको थियो।