देवचुली,
तेस्रो देवचुली महोत्सवको आज पाँचौ दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सत्य नारायण भुसालको अध्यक्षता तथा देवचुली १४ का वडा अध्यक्ष हेमराज दवाडीको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दवाडीले महोत्सवले नगरपालिको पहिचान उच्च पारेको भन्दै सम्पूर्णलाइ साथ र सहयोग गर्न अनुरोध गरेका थिए।आज शुक्रबार चर्चित गायक छेवाङ लामा र रवि रिमालले बेजोड प्रस्तुति दिएका थिए ।
लामाले कान्छी जाँदैछु टाढा , टूङ्नाको धुनमा , कस्तो माया तथा रिमाले चरी उड्यो बादल छुनलाई लगायतको गित गाउँदा युवा दर्शकहरुले हुटिंग गर्दै झुमेका थिए।
आज लामा, रिमाल र जितु मगर संगै स्थानिय कलाकारहरुको प्रस्तुति पनि रहेको थियो। महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।