देवचुली,
नेपाल कै नमूना खानेपानीका रुपमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता संचालन गरेको छ । शुक्रबार सिताबासमा देवचुली नगरपालिका भित्र रहेका अन्तर मा.वि बिच वक्तत्वकला प्रतियोगिता संचालन गरेको हो । कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले गर्नुभएको थियो ।
उक्त वक्तृत्वकला प्रतियोगितामा नमूना मा.विबाट मोनिका पौडेल, विश्वज्योति मा.विबाट विशाल सापकोटा र नमुना न्यौपाने, जनज्योति मा.विबाट प्रविन काफ्ले र मनिषा काफ्ले, जनज्योति नमूना मा.विबाट सरोज मल्ल, भिमसेन नमूना मा.विबाट नारायण प्रसाद सुवेदी र गुराँस लामिछाने, पशुपति साङ्गवेदबाट समिर खनाल र सागर चापागाईं, न्यू नवल ईङ्लिसबाट शारदा लम्साल, कालिका मा.विबाट मनिषा काफ्ले र मनिष श्रेष्ठ, पृथ्वी मा.विबाट हेम प्रसाद तिवारी लगायत सहभागी भएका छन् ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले “सरसफाई र पानी” विषयमा केन्द्रित रहेर वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उत्साहजनक रहेको देखेर प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले खुशी व्यक्त गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई सरसफाई र पानीका विषयमा धेरै ज्ञान हुन आवश्यक रहेकाले समेत यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । भुसालले संस्थाले आगामी दिनमा बालबालिकाहरुलाई पनि पानी सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी गराउने बताउनुभयो ।
वक्तत्वकला प्रतियोगितामा निर्णायकका रुपमा ईन्द्रमणी भुसाल, रविलाल भुसाल, ईश्वर बहादुर पाण्डे रहनुभएको थियो । यसैगरि समय सूचकका रुपमा संस्थाका कोषाध्यक्ष गुणा भण्डारी रहनुभएको थियो । प्रतियोगितामा सहभागी १४ जना प्रतिस्पर्धी मध्ये भीमसेन आदर्श माध्यमिक बिधालयका गुंरास लामिछाने प्रथम , जनज्योति माध्यमिक बिधालयका मनिषा कंडेल द्वितीय र पशुपति साङ्गवेद आवासिय संस्कृत माध्यमिक बिधालयका समीर खनाल तृतीय हुन सफल भएका छन्। यो संगै बिजयी हुने विद्यार्थीहरुलाई क्रमश नगद ३ हजार , २ हजार र १ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको छ।