देवचुली,
देवचुली नगरपालिका वडा नं १७ मा रहेको चौतारी सामुदायिक वनको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारी छ । नयाँ कार्यसमिति चयनका लागि नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक बामपन्थी गठबन्धन र नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको बामपन्थी तथा प्रगतिशील संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक बामपन्थी गठबन्धनको तर्फबाट अध्यक्षमा लोकनाथ उपाध्याय, उपाध्यक्षमा सन्त बहादुर तिवारी, सचिवमा सीता चापागाई, कोषाध्यक्षमा विष्णुमाया आले, सह–सचिवमा गंगाराम महतो चुनावी मैदानमा छन् । यसैगरि सदस्य पदका लागि हिरामाया राना, उमा खरेल, नारायणी चापागाई, यम कुमारी महतो, गोरे बहादुर परियार, नरी कुमारी श्रेष्ठ र लेखा समिति सदस्य पदका लागि बासुदेव शर्मा, खिमलाल सापकोटा, शान्ति कुमारी केसी, नवराज सुवेदी, पदम खतिवडा, अनुगमन समिति सदस्य पदका लागि लक्ष्मी लामिछाने, चोपनाथ वाग्ले, बेल बहादुर सुनार, टेक बहाुर तामाङको उम्मेदवारी रहेको छ ।
यसैगरि नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको बामपन्थी तथा प्रगतिशीलको तर्फबाट अध्यक्षमा शेर बहादुर गुरुङ्ग, उपाध्यक्षमा डिल्ली प्रसाद शर्मा, सचिवमा पार्वती आचार्य, कोषाध्यक्षमा मिन बहादुर सेन ठकुरी, सह–सचिवमा गुम नारायण महतो र सदस्य पदका लागि डिलमाया गुरुङ, अनिता ढकाल पौडेल, गंगा कुमारी खोजवार महतो, फान प्रसाद गैरे, लक्ष्मी महतो रहेका छन् । यसैगरि लेखा समिति सदस्य पदका लागि भिमसिंह गुरुङ, तुलसीराम सापकोटा, आनन्द प्रसाद पौडेल, सन्तोष बहादुर रानाभाट, राम बहादुर आले र अनुगमन समिति सदस्य पदका लागि सन्त बहादुर वि.क, खड्क बहादुर वि.क, हरिलाल गैरे, होम बहादुर खोजवार लगायतको उम्मेदवारी रहेको छ ।
बिहान ८ बजे निर्वाचन सुरु भएको थियो भने बेलुकी ४ बजे सम्म चल्ने छ । निर्वाचनमा १ हजार ५ सय ५ मतदाता रहेको निर्वाचन समितिका संयोजक चन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो ।