देवचुली,
तेस्रो देवचुली महोत्सवको चौथो दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सत्य नारायण भुसालको अध्यक्षता तथा देवचुली १३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता डिल बहादुर खत्रीको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले देवचुली महोत्सवले नेपालि कला र संस्कृतिलाई जगेर्ना गर्न महत्वपुर्ण भूमिका खेलेको र स्थानिय कलाकारहरुको लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न महत्वपुर्ण भूमिका खेलेको भन्दै आयोजकलाई आभार ब्यक्त गरेका थिए।
आज उपस्थित दर्शकहरु इन्द्रेणी समुहको प्रतक्ष्य दोहोरिमा रमाएका थिए। यता कृष्ण कंडेल सहितको समुहले उपस्थित युवा देखि बृद्धबृद्धासम्मका सबै दर्शकलाई नचाएका थिए। साथै इन्द्रेणी समुहले क्यान्सर पिडित , मृगौला पिडित तथा खुट्टा नभएकाहरुलाई करिव ३ लाख भद्ना बढी रकम सहयोग गरेको महोत्सवको सांस्कृतिक संयोजक सत्य नारायण भुसालले ह्याप्पी टाइम्सलाई बताएका छन्।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।