देवचुली,
तेस्रो देवचुली महोत्सवको तेस्रो दिन सम्पन्न भएको छ। आज महोत्सवमा देवचुली उद्योग बाणिज्य संघका उपाध्यक्ष लोक प्रसाद भुर्तेलको अध्यक्षता तथा संघका सल्लाहकार कृष्ण बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले देवचुली महोत्सव समग्र देवचुली नगरपालिकाको सान भएकोले सबैलाई उत्साहजकन रुपमा सहभागी सफल पारिदिन आग्रह गरेका थिए।
आज बुधबार चर्चित गायिका रचना रिमालले बेजोड प्रस्तुति दिएकि थिइन्। उनले फोटो फिरिममा , उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले , सम्झिने पानि छम्किने लगायतको गित गाउँदा दर्शकहरु नाच्दै झुमेका थिए। आज लोक दोहोरि गायिका दुर्गा सापकोटा र दीपक खड्काको समेत दमदार प्रस्तुति रहेको थियो।
महोत्सव परिसर भित्र एक सय व्यवसायिक स्टल, बाल उधान, विभिन्न जातजातिका खानाका परिकारहरु , स्थानिय स्तरमा उत्पादन भएका कृषी सामग्रीको प्रदर्शनी, हस्तकला, मेशिनरी, फेन्सी, गार्मेन्ट लगायतका स्टलहरु रहेका छन् ।
यसैगरि महोत्सवमा प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंया लाग्ने , विद्यार्थीहरुको परिचय पत्र भएमा ५० रुपैंया लाग्ने र अपाङ्गता तथा जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।