देवचुली,
तेस्रो देवचुली महोत्सवमा बुधबार चर्चित गायिका रचना रिमाल, लोकदोहोरी गायिका दुर्गा सापकोटा र लोकदोहोरी गायक दिपक खड्का लगायतका कलाकारहरु आउने भएका छन् ।
सोमबार देखि सुरु भएको महोत्सवमा मंगलबार देखि दैनिक रास्ट्रीय तथा स्थानिय कलाकारहरुको आगमन सुरु भएको महोत्सवको सांस्कृतिक संयोजक सत्य नारायण भुसालले ह्याप्पी टाइम्सलाई बताएका छन्।
भुसालका अनुसार अनुसार महोत्सव अवधिभर प्रकाश सपुत , ज्योति मगर , कृष्ण कंडेल सहितको इन्द्रेणी समूह , छेवाङ लामा , रबि रिमाल , एलिना चौहान , र्यापर भिटेन , मिस्टर डि , सरकार , रमेशराज भट्टराई , स्वप्न सुमन , जादुगर माहादेव त्रिपाठी , हास्य कलाकार सन्दिप छेत्री लगायतका कलाकारहरु आउने छन्।
देवचुली उद्योग वाणिज्य संघको आयोजना सँगै नव प्रगति युवा क्लब र प्रगतिनगर बजार व्यवस्थापन समितिको सह–आयोजनामा तेस्रो देवचुली महोत्सव आज देखि सुरु भएको छ। महोत्सव देवचुली १० प्रगतिनगर पावर हाउस पछाडि भइरहेको छ ।