कावासोती,
मतदाता नामावली अद्यावधिक कार्यक्रम २०७८ आज सोमबार आन्तरिक राजश्व कार्यालय कावासोती ३ मा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला निर्वाचन आयोगका प्रमुख लाल प्रसाद भुसालको अध्यक्षता संगै प्रमुख जिल्ला अधिकारि सुमन घिमिरेको प्रमुख आतित्थ्य्ता रहेको थियो।
जिल्ला निर्वाचन कार्यालय बर्दघाट सुस्ता पुर्वको आयोजनामा भएको कार्यक्रममा नगर तथा गाउँपालिकाका प्रतिनिधिहरु , जनप्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधिहरु , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगै संचारकर्मीहरुको उपस्तिथी रहेको थियो।
कार्यक्रममा बोल्दै निर्वाचन आयोगका प्रमुख भुसाल तथा प्रमुख जिल्ला अधिकारि घिमिरेले निर्वाचनको महत्व र यसको आवस्यकताको बारेमा प्रस्ट पारेका थिए। आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासी ( ब.सु.पूर्व ) ले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, झुटो विवरण पेस गरि नाम दर्ता गराइएको , बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । यहि फागुन २० देखि २२ सम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख लाल प्रसाद भुसालले जानकारी दिएका छन् ।
उनले अद्यावधिक तथा दाबी विरोधको कार्यक्रमको सूचना तथा मतदाता नामावली यही फागुन १९ सम्ममा वडा कार्यालयहरुमा टाँसिने बताए । त्रुटि सच्याउन वा कसैले झुटा विवरण दिएर मतदाता नामावली दर्ता गरेमा उजुरी गर्न २० देखि २२ फागुनभित्र निर्वाचन कार्यालयमा निवेदन दिन समेत उनले सम्पूर्णलाई आग्रह गरेका छन् ।